Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुग्यो

नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुग्यो

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण भएको बताएको छ ।

कोभिड १९ संक्रमितको जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।

संक्रमित ती वृद्ध होम आइसोलेसनमा रहेको उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बताइन् ।

यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेटिएको थियो ।

अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।

यो पनि पढ्नुहोस

जापानले ओसाका प्रिफेक्चरमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टिको प्रबल सम्भावना भएको पाइएको छ।

विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई सङ्क्रमण भेटिएको र उनीहरूमा कोभिडको ओमिक्रोन भेरिएन्टसँग मिल्दाजुल्दा लक्षणहरू भेटिएकाले पुष्टिका लागि थप अनुसन्धान भइरहेको जापानी अधिकारीले बुधबार बताए।

हालै विदेशमा यात्रा गरेका ३० वर्षका व्यक्तिलाई होटेलमा क्वारेन्टिनमा बसेपनि उनीसँग परिवारका अन्य सदस्यसँग भेट भएको र प्रारम्भिक परीक्षणले उनलाई ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको पुष्टि गरेको छ।

सङ्क्रमित भएको आशङ्का गरिएका व्यक्तिमा ३० वषीर्य पुरुष र उनकी श्रीमती र १० वर्षभन्दा कम उमेरकी बालिका रहेकी छन्।

उनीहरूलाई ज्वरोलगायत हल्का लक्षणहरू देखा परेपछि शनिबारदेखि सोमबारसम्म अस्पतालमा भर्ना गरिएको थियो।

ओसाका प्रिफेक्चर प्रशासनले विदेशबाट आएका सङ्क्रमित ती युवासँग परिवारका सदस्यहरूसँग हेलमेल भएको पहिचान गरिसकेको बताएको छ।

स्वास्थ्य अधिकारीहरूले थप परीक्षणलाई अघि बढाएका छने भने उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरेका छन्।