Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या तीव्र गतिमा

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या तीव्र गतिमा

काठमाडौं, भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या तीव्र गतिमा बढिरहेको छ ।

त्यहाँका स्वास्थ्य संस्थाहरुलाई उदृतगर्दै भारतीय संञ्चार माध्यमहरुले बताए अनुसार हाल भारतमा २२० जना भन्दा बढी ओमिक्रोन संक्रमित फेला परिसकेका छन् ।

ओमिक्रोन केरलादेखि जम्मू कश्मीरसम्म भारतका १४ राज्यमा पुगेको छ । पछिल्लो पटक मंगलबार कश्मीरमा ३ संंक्रमित फेला परेका छन् । ती राज्य मध्ये मुम्बईमा सबैभन्दा धेरै ओमिक्रोनका संक्रमित फेला परेका छन् ।

हालसम्म मुम्बईमा मात्र ६५ जनामा कोरोनाको नयाँ संस्करणको संक्रमण देखिएको छ । त्यसैगरी दिल्लीमा संक्रमित हुनेको संख्या ५४ पुगेको छ भने त्यसमध्ये ३४ जनाकोे उपचार भइरहेको छ । कर्नाटन, केरला, राजस्थान, तेलंगाना लगायत १४ राज्यमा संक्रमित फेला परेका छन् ।

यसमा कोरोना संक्रमण रोक्न भारतको केन्द्र सरकारले सबै राज्यमा पत्र मार्फत निर्देशन दिएको छ ।

केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले लेखेको पत्रमा परीक्षण र निगरानी बढाउन, रातमा कर्फ्यू लगाउने, ठूला जमघटमा प्रतिबन्ध लगाउने सुझाव दिइएको छ ।

यस्तै केन्द्र सरकारले संक्रमित बढ्दै गएका राज्यमा अस्पतालमा सुविधा बढाउन आवश्यक कदम चाल्न सुझाव दिइएको छ ।