Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओमिक्रोनबाट १२ जनाको मृत्यु

ओमिक्रोनबाट १२ जनाको मृत्यु

काठमाडौँ – बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ।

तीव्र रुपमा फैलिएको ओमिक्रोनबाट उनीहरुको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गरेका छन् । अहिले ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको उनले जानाकारी दिएका छन ।

पछिल्लो समयमा बेलायतमा ठूलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यो साता दैनिक ९० हजारसम्म दैनिक संक्रमित भेटिएका छन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।

विज्ञहरुले दैनिक संक्रमितहरुको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ८९ देशहरुमा फैलिएको छ ।

नयाँ भेरियन्टमा यसअघिको डेल्टा भेरियन्टमाभन्दा कयौं गुणा संक्रमण क्षमता रहेको बताइन्छ ।

यो पनि पढनुहोस

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले यो क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसमा प्रदेश सरकारको पनि साझेदारी होस् भन्ने चाहेको छु ।” संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायअन्तर्गतको नाथमबाट सुदूरपश्चिम प्रदेशमा सरकारी कलेज सञ्चालन गर्न गइरहेको उहाँले बताउनुभयो । मन्त्री आलेले उक्त सरकारी कलेज सञ्चालन गर्ने कार्य आफ्नो कार्यकालभित्र सुरु हुने गरी काम अगाडि बढाएको र तत्काकै सर्भेका लागि केन्द्रबाट टोली आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले प्रदेश सरकारले कार्यालय स्थापना गर्नका लागि अनौपचारिक, औपचारिक सहयोग गरिसकेको र अझै कार्यालय थप विस्तार गर्नका लागि गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले कार्यालयको स्थापनाले सानोभन्दा सानो कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यतात्मक अवस्थाको अन्त्य भएको बताउनुभयो ।

आर्थिक मामिला मन्त्री तारा लामा तामाङले पर्यटन नै सुदूरपश्चिम प्रदेशलाई चिनाउने सबल माध्यम भएकाले प्रदेशको दिगो आर्थिक विकासमा प्रदेश सरकार लागिपरेको बताउनुभयो । नेपाल पर्यटन वोर्ड आन्तरिक पर्यटन पुनर्उत्थान समिति सुदूरपश्चिम प्रदेशका संयोजक तथा नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्व, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।