Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२२० कोरोना संक्रमित थपिए, १ को मृत्यु

२२० कोरोना संक्रमित थपिए, १ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ७२५ जनाको पीसीआर परीक्षणमा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

थप यो पनि पढ्नुहोस

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनुभएको हो । उहाँले एमसीसीको बारेमा सत्तारुढ पाँच दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने पनि बताउनुभयो ।

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौमसत्तासँग एमसीसी जोडिन नहुने बताउनुभयो । उहाँले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटि/कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताउनुभयो । अध्यक्ष नेपालले छिमेकी देशहरूमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमसीसीको सवालमा पनि हामी छलफल चलाइरहेका छौँ । कसरी, त्यसको अन्तरवस्तु के छ ? कतै कमजोरी छन् भने, सच्याउनुपर्ने कुरा छ भने, प्रतिबद्धता दिनुपर्ने कुरा छ भने ती के–के हुन् भन्नेबारेमा पनि हामी छलफल गरिरहेका छौँ । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निष्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौँ । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौँ । अहिले एमसीसीसँग जोडिएकाहरूले यो गठबन्धनको अङ्ग होइन भनेर हामीलाई प्रष्ट पार्ने कोसिस गरिरहेका छन् । यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौँ । यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस् । सेनासँग वा अन्य कुनै पनि कुरासँग, नेपालको सार्वभौमसत्तासँग जोडिने कुरा नहोस् । छिमेकीहरूमाथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस् । पाँच दलको बीचमा छलफल गरेर साझा निष्कर्ष निकालेर, देशको हितको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेर नै अघि बढ्नेछौँ ।’