Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

क्रिसमसका कारण ओमिक्रोन भयावह हुनसक्ने भन्दै धमाधम निषेधाज्ञा लगाउन सुरु चेतावनी

क्रिसमसका कारण ओमिक्रोन भयावह हुनसक्ने भन्दै धमाधम निषेधाज्ञा लगाउन सुरु चेतावनी

काठमाडौं, विज्ञहरुले क्रिसमस पर्व मनाउने क्रममा ओमिक्रोन भेरिएन्टले महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन् ।

अमेरिकी सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले कोरोना भाइरसबाट उत्परिवर्तन भई आएको नयाँ भेरियन्ट कडा खालको भएको भन्दै यसले भयावह स्थिति ल्याउनसक्ने चेतावनी दिएका हुन् ।

क्रिसमसका लागि हुने यात्राले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र पार्ने चेतावनी उनको छ । बुस्टर डोज लगायहरुमा संक्रमण न्युन हुने जानकारी अनुसन्धानकर्ताले दिएपनि फाउचीले भने ओमिक्रोनको संक्रमण डरलाग्दो हुनसक्ने बताएका हुन् ।

खोप लगाएकाहरु पनि यो भेरियन्टबाट अछुतो नरहने भन्दै उनले सावधानी अपनाउन विश्व समुदायलाई अपिल समेत गरेका छन् । डाक्टर फाउचीले ओमिक्रोन त्यति घातक नरहेको भन्ने दुस्प्रचारको विश्वास नगर्न समेत अनुरोध गरेका छन् ।

मास्क लगाउने, भौतिक दूरी कायम गर्ने तथा खोप लगाउने सहितका सावधानी अपनाउन उनको आग्रह छ । यसैबीच क्रिमसलाई ध्यान दिंदै युरोपेली मुलुकहरुले भने धमाधम निषेधाज्ञा लगाउन थालेका छन् । फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन् भने नेदरल्याण्ड्सले कडा लकडाउन लागू गरेको छ ।

यो पनि पढनुहोस

भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको छ। यो भाइरसबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ।

आइतबार मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित थपिएका थिए। देशका १२ राज्यमा फैलिसकेको ओमिक्रोनबाट संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको हो।

हाल महाराष्ट्रमा ५४, दिल्लीमा २२, तेलंगानामा २०, राजस्थानमा १७,कर्नाटकमा १४, गुजरातमा ११, केरला आन्ध्र प्रदेश, चंडीगढ,तमिलनाडु र पश्चिम बंगालामा ओमिक्रोनका बिरामी भेटिएका छन्।