Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बैतडीमा कोरोना संक्रमितको मृत्यु

बैतडीमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं, बैतडीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बैतडी जिल्ला अस्पतालमा भर्ना भएका दशरथचन्द नगरपालिका वडा-१ का ८५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

बिहीबार दिउँसो मात्रै कोरोना पुष्टि भएर जिल्ला अस्पताल भर्ना भएका वृद्धको शुक्रबार राति ९ बजे मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताए ।

बैतडीमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जनाको ज्यान गइसकेको छ ।

यो पनि पढनुहोस

ढलेको पुरानो रुखको दाउरा चिर्ने क्रममा मुडासँगै लडेर एकजनाको मृत्यु भएको छ। खार्पुनाथ गाउँपालिका–४ को झाजा गाउँ निवासी ३१ वर्षका शाहीमल रोकायाको मृत्यु भएको हो।

पुरानो ढलेको रुखको दाउरा चिर्ने क्रममा मुडासँगै पल्टिँदा चेप्पिएर रोकायाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए।

घटनास्थल गाउँबाट डेढ घण्टा पैदल रहेको वडा नम्बर ५ को नलेलगैरा हो। प्रहरी नायब उपरीक्षक शर्माका अनुसार मुडासँगै लडेका रोकायाको लास झुण्डिएको अवस्थामा फेला परेको थियो। घटनालगत्तै प्रनाउ शर्मा आफै घटनास्थल पुगेका थिए।

प्रारम्भिक मुचुल्कापछि लास जिल्ला अस्पतालको मुर्दाघरमा राखिएको र शनिवार पोस्टमार्टम हुने प्रहरीले जनाएको छ।