काठमाडौं, कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोनबारे सोधकर्ताहरुले नयाँ खुलासा गरेका छन् । हङकङ विश्व विद्यालयका शोधकर्ताहरुले ओमीक्रोन धेरै संक्रामक रहेको तर यसमा बिरामी पार्ने क्षमता कम रहेको निष्कर्ष निकालेका हुन् ।
हङकङ विश्व विद्यालयको चिकित्सा संकायले गरेको अध्ययनमा २०२० मा फेला परेको मूल भाइरस सार्स–कोभ–२ र डेल्टा भेरियन्ट भन्दा ओमीक्रोन ७० गुणा बढी संक्रामक रहेको निष्कर्ष निकालिएको छ । शोधकर्ताको निष्कर्ष यो पनि छ कि-यसमा फोक्सोलाई आक्रमण गर्ने र संक्रमितलाई बिरामी पार्ने क्षमता कम छ ।
मानवको श्वास नलीमा ओमीक्रोन भेरियन्ट भाइरस डेल्टा र मूल भाइरस भन्दा छिट्टै फैलिएको अध्ययनले देखाएको छ । मूल भाइरस र डेल्टा भेरियन्ट भन्दा ओमीक्रोन संक्रमणको २४ घण्टामा श्वासनलीमा ७० गुणा छिटो फैलिएको अध्ययनको रिपोर्टमा भनिएको छ ।
प्रयोग विधिबाट गरिएको यस शोधका अनुसार फोक्सोमा पुन संक्रमण हुनेदर ओमीक्रोन भेरियन्टमा डेल्टाको भन्दा १० गुणा कम छ ।
धेरै संक्रामक भएकाले धेरै फैलिएर रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा संक्रमण भएर गम्भीर बनाउन सक्नेमा भने सचेत हुनपर्ने शोधकर्ताले भनेका छन् ।
धेरै संक्रामक भएपछि ओमीक्रोन कम खतरनाक रहेकाले अहिले प्रयोग भएका खोप तथा यसअघिको संक्रमणबाट बनेको एन्टिबडीले यसविरुद्ध काम गर्ने दावी यस अध्ययनमा गरिएको छ ।
यसले यसअघिका भेरियन्टले भन्दा बढी ननिम्त्याउने दावी शाधकर्ताले गरेका छन् ।
यो पनि पढनुहोस
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । शुक्रबार सकिएको मतगणनाबाट प्रतिस्पर्धी ६ जनामध्येबाट बढी मत पाउँदै थापाा र शर्मा विजयी भएका हुन् ।
थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए । अन्तिम मतपरिणामअनुसार गगनले ३०२३ मत पाए भने विश्वप्रकाशले १९८४ मत ल्याए । जम्मा ४६८२ मत खसेकाे थियाे ।