काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१२ जनाको पीसीआर परीक्षणमा २५२ र २ हजार ७८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा ३०० जना कोरोनामुक्त भए, ६ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०७ हजार ८१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९९४ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख १४ हजार २२२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।