काठमाडौं, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट ३६९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले बताएको छ । पिसिआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा नौ र महाकाली अस्पतालमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट बैतडी र कैलालीमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै विगत २४ घण्टामा प्रदेशभर ६ जना कोरोनाबाट निको भएका छन् । सो अवधिमा सुदूरपश्चिममा कोरोनाबाट एक जनाको ज्यान गएको छ । यसअघि सोमबार सो प्रदेशमा नौ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६१२ जनाको मृत्यु भइसकेको छ । रासस
यो पनि पढ्नुहोस
नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतदानको गणना भोलि बिहानबाट हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले महामन्त्रीमा भएको मतदानको गणना भोलिबाट सुरु गर्ने तयारी गरेको हो ।
महामन्त्रीमा खसेको मतको गणना भोलि बिहान ८ बजेबाट गर्ने तयारी गरेको निर्वाचन समिति स्रोतले जनाएको छ । महामन्त्रीमा युवा नेता उम्मेदवार रहेकाले कसले जित्छ भन्ने चासो सबैभन्दा बढी छ ।
महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाल शेखर कोइरालाको प्यानलबाट उम्मेदवार भएका छन् । त्यस्तै, सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार छन् ।
कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा उठेका छन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेको भए तापनि दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरेका थिए । कांग्रेसको विधानमा २ जना महामन्त्री हुने व्यवस्था रहेको छ ।