Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यस्ता लक्षण देखिएमा ओमिक्रोनको खतरनाक हुन सक्छ, विज्ञले दिए यस्तो चेतावनी

यस्ता लक्षण देखिएमा ओमिक्रोनको खतरनाक हुन सक्छ, विज्ञले दिए यस्तो चेतावनी

काठमाडौं, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका केसहरू विश्वभर बढिरहेका छन्। ओमिक्रोनका बिरामी नेपालमा पनि भेटिएको छ । डेल्टाको प्रकोपलाई मध्यनजर गर्दै यसपटक सरकार निकै सतर्क भएको छ । परीक्षण र खोपमा पूर्ण जोड दिइएको छ।

के ओमिक्रोनको यो संस्करण डेल्टाजस्तै गरी फैलिन्छ ? यो कत्तिको गम्भीर हुनेछ र यसबाट बच्न सर्वसाधारणले के-कस्ता उपाय अपनाउनुपर्छ ?

भारतका फोर्टिस अस्पतालका अध्यक्ष अशोक सेठले यो नयाँ भेरियन्टमा यति धेरै भिन्नता रहेको बताए जुन डेल्टामा पनि थिएन ।

उनले भने, ‘यो भाइरसमा धेरै म्युटेसन भएका छन् । यति धेरै उत्परिवर्तन डेल्टामा पनि थिएनन्। धेरै उत्परिवर्तनका कारण, भाइरसले आफ्नो अनुहार परिवर्तन गरेको छ।’

उनका अनुसार खोप वा यसअघिको कोरोना संक्रमणका कारण हाम्रो शरीरमा सिर्जना भएको रोग प्रतिरोधात्मक क्षमताले यो भाइरस हो भनेर पहिचान गर्न सक्दैन जसको विरुद्ध हामीले लड्नुपरेको थियो र जसका लागि हाम्रो एन्टिबडीहरू बनाइएका थिए। यो भेरियन्ट डेल्टा भन्दा तीन गुणा बढी संक्रामक भएको छ।

डा सेठले भने, ‘एउटा कुरा ध्यान दिनु पर्ने हो कि हामीले ओमिक्रोन संक्रमण हल्का हुन्छ भनिरहेका भए पनि यथार्थमा पूर्ण रूपमा भन्न सकिन्न । ठूला परिक्षण, कन्ट्याक्ट ट्रेसिङ र जिनोम परीक्षण हरेक देशमा भइरहेको छ, त्यसैले यो खासै गम्भीर बन्दै गएको छैन। यसका अधिकांश बिरामीहरू लक्षणविहीन छन्। हामीले दक्षिण अफ्रिकाका डाक्टरहरूबाट यसको हल्का लक्षणहरू बारे थाहा पाएका छौं किनभने अरू कुनै पनि देशमा यति ठूलो संख्यामा यो अनुभव गरिएको छैन। २÷३ हप्ता पछि मात्र सही जानकारी थाहा हुनेछ।”

उनले खोपले रोगलाई गम्भीर नबनाउने बताएका छन् । उनका अनुसार खोपले कोरोना भाइरस लाग्नबाट रोक्दैन तर घातक अवस्थाबाट जोगाउँछ।

डाक्टर सेठका अनुसार भाइरस खतरनाक हुन सक्छ। उनले भने “हाम्रो जीवन सामान्य भयो भनेर नसोच्नुहोस्। अझै ६ महिना पर्खनुहोस्। डबल मास्क लगाएर मात्र बाहिर निस्कनुहोस्। यदि तपाइँ कपडाको मास्क लगाउँदै हुनुहुन्छ भने, त्यसको मुनि सर्जिकल मास्क लगाएर बाहिर जानुहोस्, तपाइँको ९५ प्रतिशत सुरक्षा यसैमा हुनेछ। नियमित रूपमा हात धुनुहोस्, भीडबाट टाढा रहनुहोस् र खुला ठाउँमा बस्नुहोस्। यसो गर्‍यौं भने बुझ्नुपर्छ कि हामीले आफ्नो जिम्मेवारी पूरा गरेका छौं।”