Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोना भाइरसको संक्रमण एक हप्तामै ८३ प्रतिशतले बढ्यो

कोरोना भाइरसको संक्रमण एक हप्तामै ८३ प्रतिशतले बढ्यो

काठमाडौं, अफ्रिकामा कोरोना भाइरसको संक्रमण एक हप्तामै ८३ प्रतिशतले बढेको छ । पछिल्लो एक हप्तामा कोरोनाको संक्रमणदर ८३ प्रतिशतले बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि ७० प्रतिशतले बढेको बीबीसीले जनाएको छ । तर मृत्युदरमा भने विगतको तुलनामा अस्वभाविक कमि देखिएको खबरमा उल्लेख छ ।

अस्पतालमा भर्ना भएकाहरुमध्ये जटिल समस्याका बिरामीको संख्या पनि विगत लहरको तुलनामा कम रहेको छ । सात प्रतिशत संक्रमित आईसीयूमा रहेको र १४ प्रतिशतलाई अक्सिजनको आवश्यकता रहेको खबरमा उल्लेख छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकामा संक्रमणदर उच्च रहे पनि सावधानीपूर्वक आशावादी रहने अवस्था देखिएको जनाएको छ ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मात्शिदिसो मोइतीले अघिल्लो लहरको तुलनामा सिकिस्त बिरामी पर्ने र ज्यान गुमाउनेहरुको संख्या निकै कम रहेकाले आत्तिन नपर्ने तर सावधान रहनुपर्ने जनाएका छन ।

यो पनि पढ्नुहोस

अमेरिकामा कोभिडबाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ । यो संख्या अमेरिकी सहर बोस्टन र वासिंटनको जनसंख्या भन्दा बढी हो ।

अहिलेसम्म पाँच करोड अमेरिकी कोभिड संक्रमित भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन् । कोभिडबाट गत वर्षभन्दा यो बर्ष धेरै अमेरिकीको मृत्यु भएको थियो ।

खोपको पहुँचको बाबजुद पनि अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । पछिल्लो ११ सातामा १ लाख जनाको मृत्यु भएको छ । यो दर यसअघिको तुलनामा निकै धेरै हो ।

आजभन्दा ६५० दिनअघि सियाटलमा कोभिडबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो । गत वर्ष फाइजर खोपलाई स्वीकृति दिएपछि पनि अमेरिकामा कोभिडकै कारण ३ लाख जनाको मृत्यु भइसकेको छ ।

अप्रिलमा अमेरिकाले मोडेर्ना र जोनसन एन्ड जोनसनलाई पनि स्वीकृत गरेको थियो । यी तीनै खोप अहिले सबै उमेर समूहका व्यक्लिाई सर्वसुलभ छ ।