काठमाडौँ : कश्मिरको श्रीनगरमा प्रहरी सवार बसलाई लक्षित गरी गोली प्रहार हुँदा २ जना प्रहरीको घटना स्थलमा नै मृत्यु भएको छ । घटनामा १२ प्रहरी घाइते भएका छन् ।
मोटरसाइकलमा आएका आतंकबादीहरुले बसलाई चारैतिरबाट घेरा हाली अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका छन् । आफनो कार्यक्षेत्रबाट प्रहरी चौकी फर्किने क्रममा उनीहरुमाथि गोली प्रहार भएको हो ।
श्रीनगरमा प्रहरीलाई हतियार सुबिधा नदिएका कारण उनीहरु जवाफी प्रहार गर्नबाट बन्चित रहेको जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख ब्यक्त गर्दै त्यस्तो घृणित कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।
यो पनि
इलामको माईजोगमाई गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गाउँपालिकाको वडा नं ४ गैरीगाउँमा मे १ त ११७३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय ५४ वर्षीय पुर्ण घलेको घटनास्थलमा नै मृत्यु भएको हो। पराल बोकेर हिडेको ट्यारक्टरबाट खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
उनको शवलाई कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टको लागि इलाम अस्पताल ल्याइएको प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।
त्यसैगरी सूर्योदय नगरपालिका–६ तारगाउँमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। हर्कटेबाट रम्भ्याङ तर्फ जाँदै गरेको मे १ त ७९८९ नम्बर ट्याक्टर भिरबाट खस्दा ट्याक्रटमा सवार होमबहादुर भुजेल, भिम बहादुर खड्का र ठाकुर भुजेल घाइते भएका छन्। करिब ४ घण्टाको स्थानीय र प्रहरीको प्रयास पनि ट्याक्टरमा चेपिएका उनीहरुको उद्धार गरि उपचारका लागि पठाइएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए।