काठमाडौँ : सरकारले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको देशभरका बालबालिकालाई लक्षित गरी पुस ४ गतेदेखि खोप कार्यक्रम सुरु गर्ने भएको छ। उनीहरुलाई मोर्डना कम्पनीको खोप लगाइने छ। ५७ वटा जिल्लाका स्वास्थ्य संस्थाबाट १२ देखि १८ वर्षमुनीका बालबालिलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सकेसम्म बालबालिकालाई नजिक पर्ने गरी खोप केन्द्रको व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार खोप पुगेसम्म सबैलाई लगाइने छ। मोर्डना खोप नपुगेकालाई फाइजर खोप लगाइने छ। पहिलो मात्रा लगाएको महिना दिनपछि दोस्रो मात्रा लगाइने छ।
यो पनि
ललितपुरमा आजदेखि कोरोना विरुद्धको खोप फाइजरको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ।
स्वास्थय कार्यालय ललितपुरका अनुसार आजदेखि पुस ५ गतेसम्म फाइजरको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई खोप कार्ड लिएर दोस्रो मात्रा लगाउन जान अनुरोध गरेको छ। खोप लगाउने समय बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म तोकिएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ।
ललितपुरमा कार्तिक २८ देखि मंसिर ११ गतेसम्म पाटन अस्पतालमा फाइजर खोप लगाइएको थियो।