Shares
Shares
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल ट्वीटरको एकाउन्ट ह्याक भएको छ। भारतीय प्रधानमन्त्री कार्यालयले मोदीको एकाउन्ट ह्याक र पछि उक्त एकाउन्ट सुरक्षित फिर्ता ल्याइएको जानकारी दिएको छ।
मोदीको एकाउन्ट ह्याक गरी शनिबार राति एउटा ट्वीट पोस्ट गरिएको थियो। उक्त पोस्टमा भारतले बिट्क्वाइनलाई आधिकारिक कानुनी मान्यता दिएको उल्लेख थियो। साथै भारतले ५०० बिटक्वाइन खरिद गरेर मानिसहरुलाई बाँड्ने उक्त पोस्टमा बताइएको थियो।
केही समयपछि यो पोस्ट डिलिट गरिएको थियो। त्यस्तै किसिमको अर्को एउटा पोस्ट पनि मोदीको एकाउन्टबाट गरिएको थियो र केही समयमा उक्त पोस्ट पनि हटाइएको थियो।
प्रधानमन्त्री कार्यालयले उक्त एकाउन्ट ह्याक गरिएको समयमा भएको कुनै पनि ट्वीटलाई बेवास्ता गर्न आग्रह गरेको छ। उक्त एकाउन्ट कति समयसम्म ह्याक भएको थियो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन।
यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको थियो र त्यसबाट राहत कोषमा क्रिप्टोकरेन्सीबाट पैसा जम्मा गर्न आग्रह गर्दै पोस्ट गरिएको थियो।
यो पनि
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि सवा ३ घण्टा ढिला गरीमात्र मतदान शुरु हुँदैछ । मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध भए पनि निर्वाचन समितिको तयारीमा ढिलाइ भएसँगै मतदानमा ढिलो भएको हो ।
बिहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण जनाउँदै मतदानमा ढिलाइ भएको केन्द्रीय निर्वाचन समिति सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले बताए ।
मतपत्र छपाइमा ढिलो भएका कारण मतदान समयमा हुन नसकेको हो । उनले बिहान १०ः५५ बजे हाम्राकुरासँग भने, ‘सवा ११ बजेदेखि मतदान शुरु हुन्छ । ८०० मतपत्रमा हस्ताक्षर भइसकेको छ । त्यसलाई तीन स्थानमा बाँडेर मतदान कार्य शुरु हुन्छ ।’
उनले बाँकी मतपत्रमा हस्ताक्षर कार्य चलिरहेको बताए । मतदान ४ हजार ७४३ जनाले गर्नेछन् ।
समितिका अनुसार १३२ पदका लागि ४८९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
प्रदेश २ बाट केन्द्रीय सदस्यका लागि आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।
प्रधानमन्त्री, पार्टीका शीर्ष नेता ,गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो । भृकुटीमण्डप परिसरमा पार्टी, सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार प्रसार गरेर मतमागिरहेका छन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209