Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज आइतबार देशभर थपिए यति कोरोना संक्रमित

आज आइतबार देशभर थपिए यति कोरोना संक्रमित

काठमाडौँ : नेपालमा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २५४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ६८२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ६ हजार ६८२ जनाको पिसिआर परीक्षण र २४१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

नेपालमा हाल ५ हजार ८९० जना सक्रिय संक्रमित छन् । २३४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.९ प्रतिशत छ । यसको संक्रमणबाट १ को मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा १७६५ सक्रिय संक्रमित छन्।जसमध्ये काठमाडौंमा ६९०, भक्तपुरमा ४७४ र ललितपुरमा ६०१ सक्रिय संक्रमित छन्।