काठमाडौं : बेलायती वैज्ञानिकहरूले कोभिड-१९ को खोपको दुई डोजले भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई असर नगर्ने बताएका छन्।
बेलायतमा ओमिक्रोन र डेल्टा भेरियन्टहरूको प्रारम्भिक विश्लेषणले नयाँ भेरियन्टलाई रोक्न खोप कम प्रभावकारी भएको देखाएको छ।
तर, तेस्रो बुस्टर डोजले लगभग ७५ प्रतिशत मानिसहरूलाई कुनै न कुनै रूपमा कोभिडबाट सुरक्षित राख्न सफल भएको छ।
युके हेल्थ प्रोटेक्शन एजेन्सीको रिपोर्टले ५८१ ओमिक्रोन केसहरू र हजारौं डेल्टा केसहरूमा यो खोप नयाँ भेरियन्टविरुद्ध कत्तिको प्रभावकारी छ भनेर पत्ता लगाउन यो अनुसन्धान गरेका थिए।
द्रुत रूपमा उत्परिवर्तन भइरहेको ओमिक्रोनको बारेमा सबैभन्दा ठूलो चिन्ता भनेको यो खोपमा कम प्रभावकारी भएको भनिएको छ।
यो पनि
नेपालमा कोरोना भाइरसविरुद्धको दुई करोड मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए । उनका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ ।
तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सबभन्दा बढी शुक्रबार खोप लगाएका छन् । उनका अनुसार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदैछ । लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको जानकारी दिए ।