Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भीषण आँधीमा पर‍ेर ५० जनाभन्दा बढीको मृत्युभएको आशंका

भीषण आँधीमा पर‍ेर ५० जनाभन्दा बढीको मृत्युभएको आशंका

काठमाडौं : अमेरिकाको केन्टकी राज्यमा आएको भीषण आँधीमा पर‍ेर ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।

राज्यका गभर्नर एन्डी बेशियरले यसलाई केन्टकीको इतिहासमा सबैभन्दा खराब आँधीको रूपमा वर्णन गरेका छन्। उनले मृतकको संख्या एक सय पुग्नसक्ने बताए।

प्रशासनिक अधिकारीहरूले शुक्रबार राति आएको आँधीले दक्षिणी इलिनोइमा रहेको अमेजन गोदामलाई ध्वस्त पारेको बताएका छन्।

छत भत्किँदा कति मानिस घाइते भएका छन् भन्ने अझै स्पष्ट नभए पनि स्थानीय आपतकालीन सेवा संगठनले फेसबुकमार्फत् ठूलो क्षति भएको जानकारी दिएको छ।

प्रभावित क्षेत्रमा बस्दै आएकी साराह बियरम्यानले आफ्नो साथी अझै बेपत्ता रहेको बताएकी छिन्।

समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै उनले भनिन्, ‘मैले राति करिब ८ बजे उनीसँग कुरा गरेँ। त्यसअघि नै मैले उसलाई मेसेज गरेँ। र उनी आफ्नो भ्यान छोड्न गोदाम जाँदै थिइन्। त्यसयता उनीसँग सम्पर्क भएको छैन।’