Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

थप ६ लाख २० हजार डोज फाइजर खोप आउदै !!

थप ६ लाख २० हजार डोज फाइजर खोप आउदै !!

काठमाडौं : कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप आउने भएको छ। आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्ने भएको हो।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार कोभ्याक्स मार्फत दोस्रो चरणमा उक्त खोप आउन लागेको हो। यसअघि कात्तिक ८ गते १ लाख ६२० डोज फाइजर खोप आइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगी र १९ वटा जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई दिइएको थियो। अब आउने खोप ती जिल्लाका खोप पाउन बाँकि बालबालिकालाई दिइने बताइएको छ।

साथै, भोलि कोभ्याक्स मार्फत १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउँदै छ।

परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका अनुसार पुस ४ गते देखि सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारीको छ।

सरकारले ती जिल्लाका करिब १८ लाख बालबालिकालाई खोप लगाउने तयारी गरेको छ। त्यसका लागि विद्यालयमा नै खोप केन्द्र व्यवस्थापन गरिने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए।