Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशभर कति थपिए कोरोना संक्रमित ? हेर्नुहोस

आज देशभर कति थपिए कोरोना संक्रमित ? हेर्नुहोस

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १७८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ६७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ९४ जना र ३ हजार ५०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १९ हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०७ जना कोरोनामुक्त भए, १ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०६ हजार ५४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार १७८ जनाको परीक्षण हुँदा हालसम्म कुल ५४ लाख ६६ हजार ६०१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ ।