काठमाडौँ : मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ। दक्षिण मेक्सिकोको चिएपासमा १०० भन्दा बढी आप्रवासी सवार ट्रक दुर्घटनामा परेको हो। चियापास राज्यको एउटा पुलमा ठोकिदा ट्रक दुर्घटनामा परेको हो । दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको थियो । ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य ट्रान्जिट पोइन्ट हो ।
मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन्। घटनामा ५८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनामा पर्ने आप्रवासीहरु कुन देशको नागरिक हुन् भन्ने बारे केही खुलेको छैन। अधिकारीहरुले भने ट्रकमा अधिकांश होन्डुरस र ग्वाटेमालाका नागरिक रहेको अनुमान गरेका छन्।
अमेरिका पुग्ने सपना बोकेर हजारौं आप्रवासी मेक्सिको हुँदै यात्रा गर्ने गर्छन्। जोखिम मोलेर यात्रा गर्दा धेरै आप्रवासीको बिचमै मृत्यु समेत हुने गरेको छ।