Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा आइतबारसम्म ३४ लाख खोप आइपुग्ने

नेपालमा आइतबारसम्म ३४ लाख खोप आइपुग्ने

काठमाडौं । नेपालमा आइतबारसम्म ३४ लाख डोज कोभिड-१९ विरुद्धको मोर्डना खोप आइपुग्ने भएको छ ।

कोभ्याक्स सुविधामार्फत् र सरकारले खरिद गरेको समेत गरी आइतबारसम्म ३४ लाख डोज मोर्डना खोप आउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । सो खोप बिहीबार र आइतबार गरी दुई लटमा ल्याइनेछ ।

यसअघि गत शुक्रबार नेपालमा कोभ्याक्स सुबिधामार्फत् नै एक लाख ८८ हजार डोज नेपाल ल्याइएको थियो ।

मोर्डना खोप विद्यालयलाई केन्द्र बनाएर १२ देखि १८ वर्षसम्मका बालबालिकालाई दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय छ ।

यो पनि

बालकोटका युवक राजन श्रेष्ठको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मुख्य योजनाकार मानिएका सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ–२ का ३० वर्षीय प्रेम विक हुन्।

प्रहरी स्रोतका अनुसार आर्थिक लेनदेनसम्बन्धी विषयमा विवाद हुँदा हेमन्त र प्रेमले कुटपिट गरी हत्या गरेको खुल्न आएको छ। ‘मृतक राजन जग्गा व्यवसायी हुन्। उनीहरूबीच आर्थिक लेनदेनको विवाद देखियो,’ प्रहरी स्रोतले भन्‍यो।

स्रोतका अनुसार हेमन्तले फोन गरी बोलाएपछि मंगलबार राति ९ बजे घरमै रहेका राजन मध्यपुर थिमि–३ गठ्ठाघर पुगेका थिए। राजनको गाडी गठ्ठाघरमा राखी उनीहरु मोटरसाइकलमा बालकोट पुगेर आर्थिक लेनदेनको विषयमा छलफल भएको देखिन्छ। त्यहीँ विवाद हुँदा हेमन्त र प्रेमले चिर्पट, फलामको रडलगायतले अनुहारमा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरी स्रोतले बताएको छ।

पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले महानगरीय प्रहरी वृत्त थिमि पुगेर घटनाको निष्पक्ष छानविन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

घटनामा पक्राउ परेका दुई जना आरोपीबाहेक अन्य पनि संलग्न हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरुले अनुसन्धानको दायरा फराकिलो बनाउन मागसमेत गरेका छन्।

घटनास्थल वरपर एक सय मिटरको दूरीमा समेत विभिन्न ठाउँमा रगतका टाटा देखिएको भन्दै आफन्तले घटनामा अन्य व्यक्तिहरुको समेत संलग्न भएको दाबी गरेका हुन्।

मृतकका आफन्तले घटनास्थलदेखि केही मिटरको दूरीमा रहेको एकघरको कम्पाउण्डभित्र विभिन्न स्थानमा रगतको टाटा देखिएकोले सो घर र घरमा बस्नेहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्।

स्थानीयका अनुसार सो घरको फलामको रेलिङ बार, तुलसीको मठ लगायतका स्थानमा रगतको टाटा देखिएको थियो।

प्रहरीले त्यो रगत मृतकको हो वा होइन भनी फरेन्सिक जाँचको लागि पठाएको र त्यसको रिपोर्ट आएपछि मात्र यकिनका साथ भन्न सकिने जनाएको छ।