Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भागिरथ चलाऊने, भुमिका गिरी र करिष्मा ढकालको पन्चेबाजा गीतले युटुवमा तहल्का मच्चायो

भागिरथ चलाऊने, भुमिका गिरी र करिष्मा ढकालको पन्चेबाजा गीतले युटुवमा तहल्का मच्चायो

काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । लगनको महिना मंसिर सुरुभए संगै कलाकारहरुले थुप्रै पन्जेबाजा गित सार्वजनिक गरेका छन् , यसैविच चर्चित गायक भागिरथ चलाऊनेको नयाँ पन्चेबाजा गित सार्वजनिक भएको छ ।

पछिल्लो समय अत्यन्तै चर्चामा रहेकी दोहोरी गायिका भुमिका गिरी र गायक भागिरथ चलाऊनेको आवाजमा रहेको उक्त गितमा गित चलाऊनेको उत्कृष्ट शब्द सृर्जना एवम् गोरखाली सर्जक चन्द्र परियारको संगित रचना एवम् थेगो संकलन रहेको छ । गितमा प्रेमिल जोडीको माया प्रेमको प्रंसगलाई निकै उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ ।

दुर्गा पौडेलको निर्देशन एवम् छांयाकनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित दोहोरी मोडेल करिष्मा ढकाल र अर्जुन न्यौपानेको अभिनय रहेका छ ।

उक्त गितको म्युजिक भिडियो Bhumika Giri को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

[embed]https://youtu.be/KHfr_XLyAq0[/embed]