Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा करिब साढे ४ लाखमा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा करिब साढे ४ लाखमा संक्रमण पुष्टि

काठमाडौं, विश्वभर पछिल्लो २४ घण्टामा करिब साढे ४ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ४८ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २६ करोड ६६ लाख ८१ हजार २१ पुगेको छ ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअुनसार हालसम्म विश्वमा २४ करोड २ लाख २१ हजार ८७२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ४ लाख ८५ हजार ८१७ जना संक्रमण मुक्त भएका छन् ।

साथै सो अवधीमा ५ हजार ६१२ जनाको मृत्यु भएको छ । अहिले सम्म ५२ लाख ७७ हजार ५७६ जनाको मृत्यु भएको छ । हाल विश्वभर सकृय संक्रमितको संख्या एक करोड २ करोड ११ लाख ८१ हजार ५७३ रहेको छ ।

यो पनि पढ्नुहोस

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको ५० प्रतिशत लाभांश मंसिर २२ गते बुधवार पारित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १० करोड रहेको छ । सोही पूँजीको आधारमा ५० प्रतिशत लाभांश यस वर्ष कम्पनीले वितरण गर्न लागेको हो ।

लाभांश प्रस्ताव सहित गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई पनि सभाले टुङ्ग्याउनेछ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक निर्वाचन समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिन बुक क्लोज गरेको छ ।

बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । २०७७ साल फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै आकर्षक लाभांश वितरण गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ८६ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ भने जगेडा कोषमा २२ करोड ८९ लाख रुपैयाँ भन्दा बढी रकम संचित छ । त्यस अवधिसम्म प्रतिशेयर आम्दानी ११४ दशमलव ७१ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ३२८ दशमलव ९४ रुपैयाँ छ ।