Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

छिमेकी देश भारतमा एकै दिन थपिए १७ ओमीक्रोन संक्रमित

छिमेकी देश भारतमा एकै दिन थपिए १७ ओमीक्रोन संक्रमित

काठमाडौं : भारतमा एकै दिन १७ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा आठ जनामा ओमीक्रोन पुष्टि भएको छ। योसँगै भारतमा ओमीक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ।

भारतमा दक्षिण कोरियाबाट आएका र उनहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमीक्रोन देखिएको हो। यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमीक्रोन देखिएको थियो।

अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमीक्रोन देखिएको छ।

यो पनि

अमेरीकी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । २१औँ वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।

युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाब बढिरहेका बेला पुटिनले नयाँ दिल्लीको भ्रमण गर्न लागेका हुन् । रसिया इन दी एसिया प्यासिफिक कार्यक्रमका अध्यक्षा अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगको सम्बन्ध विस्तार गरेर रसियाले एसियामा आफ्नो पहुँच बढाउन चाहन्छ । 'भारत दशौकौं पुरानो साझेदार देश हो ।

दुई देशका नेताबीच हुन लागेको शिखर भेटले राष्टपति पुटिन भारतसँगको सम्बन्धलाई थप महत्व दिन चाहन्छन् , ' उनी भन्छन् । पुटिनले चीन नीतिभन्दा एसिया नीतिलाई जोड दिएको उनको भनाई छ ।

सन् २००० मा पहिलो पटक भारतको भ्रमण गरेपछि पुटिनले वार्षिक रसिया भारत सम्मेलन सुरु गरेका थिए । पहिलो भेटमा उनले तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेहीसँग भेट गरेका थिए ।

सन् २०१९ को नोभेम्बरपछि पहिलो पटक पुटिन र मोदीबीच फेस टु फेस भेट हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा,लगानीलगायतका क्षेत्रमा सम्झौता हुनेछ ।