Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हेर्नुहोस आज देशभर कति थपिए कोरोना संक्रमित ?

हेर्नुहोस आज देशभर कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । नेपालमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७९७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २३८ जनाको नतिजा पोजिटिभ आएको हो । पाँच हजार २९५ नमुनाको पीसीआर परीक्षण गर्दा २२० र एक हजार ५०२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर पाँचजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३९२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख चार हजार १०८ पुगेको छ ।

काठमाडौं उपत्यकामा १५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७, ललितपुरमा ५१ र भक्तपुरमा १० संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा १७२६ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६२९, भक्तपुरमा ४८६ र ललितपुरमा ६११ सक्रिय संक्रमित छन्।

यो पनि

रुसमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो एक दिनमा रूसमा ३२ हजार ९३० जना नयाँ सङ्क्रमित भएका हुन्।

योसँगै कुल सङ्क्रमितको सङ्ख्या ९७ लाख ३६ हजार ३७ पुगेको अधिकारीले जनाएका छन् । नयाँ सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या भने तीन हजार ३०४ रहेको छ ।

त्यसैगरी सोही अवधिमा देशभरी कोरोनाका कारण एक हजार २१७ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन्। रूसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ७८ हजार ८५७ पुगेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएकामध्ये ३६ हजार ५१४ जना पछिल्लो २४ घण्टामा अस्पतालबाट घर फर्किएका छन्। योसँगै रूसमा कोरोनाभाइरसबाट सङ्क्रमुक्त भएकाहरुको कूल सङ्ख्या ८४ लाख ३६ हजार ६३१ पुगेको छ ।