काठमाडौँ : मालीमा गुडिरहेको गाडीमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मृत्यु हुनेमा अधिकांश महिला रहेका छन्।
बजारतर्फ गइरहेको गाडीको चालकलाई अज्ञात बन्दुकधारीले पहिले गोली हानी मारेका थिए। त्यसपछि आगो लगाएको अधिकारीहरूले बताएका छन्। सोँगो गाउँबाट हरेक साता दुई पटक बजार जाने गाडीलाई बन्दुकधारीले निशाना बनाएका हुन्।
आक्रमण पश्चिम अफ्रिकाको मोप्ती क्षेत्रको केन्द्रमै भएको हो। महिनौँदेखि त्यस क्षेत्रमा अलकायदा र इस्लामिक स्टेट समूहले अशान्ति मच्चाउँदै आएको बताइएको छ।
यो पनि
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ श्रीलङ्कामा पनि देखिएको छ ।
श्रीलङ्काको स्वास्थ्य मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलङ्का आएका एक जना व्यक्तिमा भाइरसको सङक्रमण पुष्टि भएको हो । ती व्यक्ति क्वरेण्टीन छन् ।
दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ पछिल्लो पटक भारत, अमेरिका, नर्वेमा पनि देखिएको छ ।
यो भाइरस अहिलेसम्म विश्वका ३५ वटाभन्दा बढी देशमा भेटिइसकेको छ । सङ्क्रमण फैलिरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले सचेत रहन आग्रह गरेको छ ।
सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले आग्रह गर्नुभएको हो ।