Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फेरी बढ्यो भारतमा कोरोना ,एकै दिन थपिए ९ हजार २१६ जना संक्रमित

फेरी बढ्यो भारतमा कोरोना ,एकै दिन थपिए ९ हजार २१६ जना संक्रमित

काठमाडौँ : भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना संक्रमण देखा परेपछि कोरोनाको कूल संक्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

बिहीबार कोरोना संक्रमणबाट ३९१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ११५ पुगेको छ। भारतमा अझै पनि ९९ हजार ९९६ जना सक्रिय संक्रमित रहेका पनि समाचारमा जनाइएको छ।

गएको २४ घण्टामा भारतमा आठ हजार ६१२ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ४५ हजार ६६६ जनालाई कोरोनाको संक्रमण निको भएका छन्।

यो पनि

कोभिड–१९ सम्बन्धी हालैको एक रिसर्चमा कोरोनाबाट अस्पताल भर्ना हुनुपरेका १ प्रतिशत बिरामीमा दिमागी समस्या देखा पर्ने गरेको पाइएको छ ।

मंगलबार रिपोर्ट गरिएको डाटाका अनुसार कोभिडका कारण अस्पताल भर्ना हुने १०० बिरामी मध्ये एकजनामा स्नायु प्रणाली सम्बन्धी जटिलता देखा पर्ने गरेको छ । युरोप र अमेरिकामा मात्र कोभिडले अस्पताल भर्ना भएका झन्डै ३८ हजार बिरामी मध्ये ११ प्रतिशतमा मस्तिष्क सम्बन्धी समस्याका लक्षण देखा परेको हो ।

यसपछि एमआरआइ र सीटी गर्दा उनीहरुको स्नायु प्रणाली असामान्य रहेको पक्का भएको थियो र यो कोरोना भाइरससँगै सम्बन्धित थियो ।

यसमा सबैभन्दा व्याप्त निष्कर्ष भनेको आर्टरिज अवरुद्ध हुनुले बिरामीहरुमा स्ट्रोक भइरहेको थियो । यसका साथै खोजकर्ताहरुले मस्तिष्कमा रगत बग्ने, सुन्निने (इन्फ्लामेसन हुने) लगायत विभिन्न घातक समस्याहरु पनि देखेका हुन् ।

फिलाडेल्फियास्थित युनिभर्सिटीका डाक्टर स्कट भन्छन्, “कोभिडका कारण फोक्सोमा समस्या हुनेबारे हामी सबै जानकार थियौँ । तर यो अध्ययनले के देखाएको छ भने कोभिडले ‘सेन्ट्रल नर्भस सिस्टम’ अर्थात मस्तिष्क सम्बन्धी पनि विभिन्न जटिलता निम्त्याउन सक्छ । त्यसैले महामारीमा मृत्यु दर वृद्धि गर्नमा यो पनि उल्लेखनीय कारक बन्न सक्छ ।