काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा विजय चन्द दर्पणको प्रस्तुतिमा सुमधुर आवाजकी धनि लोकप्रिय गायिका शान्ति श्री परियारको र बाबु कृष्ण परियारको आवाजमा रहेको लोक गित राजा रानी केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ । लोकदोहोरी क्षेत्रका चर्चित मोडल तथा निर्देशक सुनिल छेत्रि र गीता ढुंगानाको बेजोड प्रस्तुति देख्न सकिन्छ। विजय चन्द दर्पण शब्द रहेको यस गीतमा संगीत बाबु कृष्ण परियार समायोजन गरेका छन् ।
सुनिल छेत्रीकै निर्देशनमा तयार भएको यो भिडियोलाई अमृत चापागाई सम्पादन गरेको छन् भने छायांकन दिपक गिरिको रहेको छ । बिजय चन्द दर्पण युटुब च्यानल सो गित हेर्न सकिन्छ । गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
[embed]https://youtu.be/BqMGyH1XqMc[/embed]