Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विश्वमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख नाघ्यो

विश्वमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख नाघ्यो

काठमाडौँ : विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै साढे ६ हजारको मृत्यु भएसँगै विश्वभर कुल मृतकको संख्या ५२ लाख ५ हजार ८०० पुगेको हो।

पछिल्लो पटक सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै, युक्रेनमा ६०८, पोल्याण्डमा ४२१, जर्मनीमा ३७४, ब्रजिलमा ३०३ र अमेरिकामा २९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो अवधिमा विश्वभर साढे ५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। युरोपेली देशहरुमा मात्रै चार लाखभन्दा बढी संक्रमित थपिएका छन्। जर्मनीमा ७२ हजार, बेलायतमा ५० हजार, रसियामा ३४ हजार ६००, फ्रान्समा ३४ हजार ४००, चेक रिपब्लिकमा २७ हजार ७०० र पोल्याण्डमा २६ हजार ७०० जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै, अमेरिकामा ३० हजार ९००भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। हाल विश्वभर करिब दुई करोड सक्रिय संक्रमित रहेको तथ्यांक छ।

यो पनि

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । डब्लूएचओले यो भेरिएन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन चेतावनी दिएको छ ।सुरुवाति अनुसन्धानका अनुसार यसबाट संक्रमण फैलिने खतरा बढी रहेको जानकारी प्राप्त भएको पनि डब्लूएचओको भनाइ छ । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा उक्त भेरिएन्टको कोरोना पुष्टि भएको डब्लूएचओको भनाइ छ ।

त्यसका अलावा यो भेरिएन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ । संक्रमण फैलिन सक्ने भन्दै विश्वका धेरै देशले दक्षिण अफ्रिका जान-आउन प्रतिबन्ध लगाइसकेका छन् । बेलायतले ब्रिटिस र आइरिस नागरिकबाहेकलाई दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्सवाना, लेसोथो र इस्वातिनीबाट आउने यात्रुको प्रवेशमा रोक लगाइसकेको छ । अमेरिकाले पनि सोमबारदेखि यी मुलुकका अलावा मोजाम्बिक र मलावीबाट आउने उडान रोक्ने निर्णय गरेको छ ।

शुक्रबार डब्लूएचओले उक्त भेरिएन्ट दक्षिण अफ्रिकाका सबै प्रान्तमा भेटिएको बताएको थियो । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्तिपुरसँग भने, ‘दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गर्नसमेत भनिएको छ ।’

दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी)’ द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो । जिनोमिक सिक्वेन्सिङ गर्दा हालसम्म त्यहाँ २२ नमुनामा नयाँ भेरिएन्ट देखिएको छ । नयाँ भेरिएन्ट नोभेम्बर १४ देखि २३ नोभेम्बरसम्म संकलन गरिएको नमुनामा देखिएको बताइएको छ । एनआईसीडीका कार्यकारी निर्देशक प्रा. एड्रियन पुरेनले भनेका छन्, ‘तथ्यांक सीमित छ तर हाम्रा विज्ञ नयाँ भेरिएन्टको सम्भावित प्रभाव के–के हुन सक्छन् भनेर बुझ्न सबै प्रणालीसँग मिलेर काम गरिरहेका छन् । तर यसको विकास तीव्र गतिमा भइरहेको देखिन्छ ।’