Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री भएको १२ घण्टा नपुग्दै राजीनामा

प्रधानमन्त्री भएको १२ घण्टा नपुग्दै राजीनामा

काठमाडौँ : बुधवार माग्डालेना अन्डेर्सन स्विडेन पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित भइन्। तर उनले आफू नियुक्त भएको केही घन्टामा नै पदबाट राजीनामा दिएकी छिन्।

स्विडेनको संसदले अन्डेर्सनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। तर, उनको गठबन्धन सरकारमा साझेदार दलले समर्थन फिर्ता लिएसँगै उनले राजीनामा दिएकी हुन्। यससँगै स्विडेनको संसदबाट बजेट समेत पारित हुन सकेन।

गठबन्धनमा रहेको ग्रीन पार्टीले बजेटमा साथ नदिएपछि सोसल डेमोक्रेट पार्टीकी नेता रहेकी एन्डर्सनले राजीनामा दिनुभएको हो । तर, उहाँले सभामुख समक्ष आफूले सोसल डेमोक्रेटको एकल सरकार बनाउने भन्दै पुनः प्रधानमन्त्री नियुक्त गर्न आग्रह गर्नुभएको छ ।

सभामुखले भने संसदमा रहेका आठ वटै पार्टीसँग छलफल गरेपछि निर्णय लिने बताउनुभएको छ । संसदमा सरकारले ल्याएको बजेट भन्दा बढी मत दक्षिणपन्थी पार्टीले प्रस्तुत गरेको बजेटमा परेपछि प्रधानमन्त्री एन्डर्सनले राजीनामा दिनुपरेको हो ।

राजीनामा दिएपछि एन्डर्सनले २०२२ सेप्टेम्बरमा हुने अगामी निर्वाचनमा आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले बहुमत ल्याउने र पुनः प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।

गठबन्धनमा रहेको ग्रिन्स् पार्टीले उग्र दक्षिणपन्थीसँगष मिलेर तयार गरिएको बजेट स्वीकार गर्न नक्ने भन्दै समर्थन फिर्ता लिएको हो।

सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ अन्डेर्सनले भने अब एकल पार्टीको नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने बताएकी छिन्।

संवैधानिक रुपमा गठबन्धनमा रहेको कुनै पनि दलले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने व्यवस्था भएकोले आफू सरकारबाट बाहिरिएको अन्डेर्सनले बताएकी छिन्।

बुधवार भएको मतदानमा संसदका कुल ३४९ जना सदस्य मध्ये १७४ जनाले उनको विपक्षमा मतदान गरेका थिए। प्रधानमन्त्री बन्न उनको विपक्षमा १७५ जनाले मतदान नगरे पुग्थ्यो। बुधवार ५७ जना मतदान प्रक्रियामा सहभागी नहुँदा र ११७ जनाले अन्डेर्सनको पक्षमा मतदान गरेका थिए। १ जना सांसद अनुपस्थित थिए।

स्वीडिस व्यवस्था अनुसार प्रधानमन्त्री निर्वाचित हुन बहुमत आवश्यक हुँदैछ। यस्तै, उम्मेदवारको विपक्षमा १७५ मत नभए त्यस्ता उम्मेदवार प्रधानमन्त्री नियुक्त हुन्छन्।