काठमाडौँ : भारतको उत्तराखण्ड राज्यमा एक प्रेमीले आफ्नी प्रेमिकासहित तीन जनाको हत्या गरेको खबर बाहिर आएको छ। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुन लागेपछि उनले प्रेमिकासहित तीन जनाको हत्या गरेका हुन्।
ती प्रेमीले धारिलो हतियार प्रहार गरी प्रेमिकासहित उनकी आमा र बुवाको हत्या गरेका हुन्। धारिलो हतियारबाट मृतक प्रेमिकाकी बहिनी पनि घाइते भएकी छिन्।
प्रहरीका अनुसार हत्या गरेर उनी फरार भएका छन्। उनले आफ्ना साथीहरूसँग मिलेर हत्याकाण्ड मच्चाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फरार भएसँगै प्रहरीले उनीबारे सूचना दिने व्यक्तिलाई ५० हजारको पुरस्कार घोषणा समेत गरेको खबर आजतकमा छ।
यो पनि
काठमाडौं । चितवनको राप्ती नगरपालिका–२, श्रीदेवीचोकमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–६ का ४५ वर्षीय रघुनाथ श्रेष्ठको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।
चितवनको भन्डाराबाट लोथरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ च १२७५ नम्बरको बोलेरो गाडीले हिजो बेलुका करिब सवा ७ बजे उनलाई ठक्कर दिएको थियो । जिप चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भन्डाराले जनाएको छ ।