Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा फेरी बढ्न थाल्यो कोरोना , एकै दिन थपिए नौ हजार सङ्क्रमित !!

भारतमा फेरी बढ्न थाल्यो कोरोना , एकै दिन थपिए नौ हजार सङ्क्रमित !!

काठमाडौँ : भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना सङ्क्रमित अवस्थामै रहेका छन्। यो सङ्ख्या ५३७ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयको भनाई छ।

भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या चार लाख ६६ हजार ५८४ पुगेको छ।

सोही अवधिमा १० हजार ९४९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कम हुदै गएको हो।