काठमाडौँ : उच्च शिक्षा अध्ययनका लागि जापान र अष्ट्रेलियाले जाने नेपाली विद्यार्थीका लागि प्रवेशाज्ञा (भीसा) खुल्ने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ ।
यसअघि कोरोना महामारीका कारण उच्च शिक्षाका लागि अष्ट्रेलिया र जापान जान भीसा अनुमति थिएन । नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भीसा अनुमति दिने भएको हो ।
अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ ।
त्यस्तैगरी जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक बाहेक सबैलाई भीसा दिने भएको छ । यो सँगै अष्ट्रेलिया र जापानमा उच्च शिक्षा अ अध्यायानका लागि जाने नेपाली विद्यार्थीका लागि राहत भएको छ ।
यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।
जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक भीसाबाहेक अन्यका लागि बोर्डर खुला गरिसकेको छ । दुवै सरकारको निर्णयले नेपाली विद्यार्थीलाई ठूलो राहत मिल्ने मङ्गलबार पत्रकार सम्मेलन गरेर पाण्डेले बताए ।