एजेन्सी- गूगल म्यासेजमा आएको म्यासेजमा अब प्रयोगकर्ताले रिएक्ट मात्रै पनि गर्न सक्ने भएका छन् । कसैले म्यासेज पठाएको अवस्थामा उक्त म्यासेजमा क्लिक गरि म्यासेज अनुसारको रिएक्ट गर्न सकिने फिचर गूगलले ल्याएको हो ।यो सुविधा यसअघि फेसबुक म्यासेञ्जर र इन्स्टाग्रामको डाइरेक्ट म्यासेज (डीएम) मा उपलब्ध रहेको थियो । अब भने यो फिचर गूगलले पनि प्रयोगमा ल्याएको हो ।
यससँगै गूगल म्यासेज प्रयोगकर्ताले साथीभाइले पठाएको म्यासेजमा क्लिक गरी रिएक्ट गर्न सक्नेछन् । यो सेवा गूगलले पहिलो पटक गएको मे महिनामा परीक्षण गरेको थियो ।अब भने यो सेवा विश्वव्यापी रूपमा सबै प्रयोगकर्ताका लागि सार्वजनिक भएको छ । कम्पनीका अनुसार यो सेवा प्रयोगका लागि गूगल म्यासेजको नयाँ भर्सन अपग्रेड तथा डाउनलोड गर्नुपर्ने हुन्छ ।
साथै नयाँ भर्सनमा ‘स्मार्ट रिप्लाई’ को सुविधा पनि उपलब्ध भएको छ । यसको अर्थ कसैले म्यासेज पठाएको खण्डमा उक्त म्यासेजसँग मिल्ने गरी गूगलले म्यासेज सजेस्ट समेत गर्नेछ ।यदि सजेस्ट भएको म्यासेज तपाईंको लागि सान्दर्भिक भएको खण्डमा त्यसमा क्लिक गरि सहजै रिप्लाईको रुपमा पठाउन सकिन्छ छ ।