Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

टेलिकमले ल्यायो नया सुबिधा , अब विदेशबाटै रिचार्ज गर्न सकिने !

टेलिकमले ल्यायो नया सुबिधा , अब विदेशबाटै रिचार्ज गर्न सकिने !

नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि बढाएको छ । विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीले प्रिपेड सिमकार्ड प्राप्त प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले सिम एक्टिभ गरेपछि सो अवधिसम्म ‘टपअप’ नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिने जनाएको छ ।

प्रिपेड सिमकार्डमा ५० टपअप गर्दा ३० दिन, १०० टपअप गर्दा ६० दिन, ५ सय रुपैयाँले गर्दा एक वर्ष र १००० रुपैयाँ टपअप गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि सकिने छ । न्यूनतम रकम नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी हुन्छ ।

सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड टप अप नगरेमा भने दुईतर्फी पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम फ्रोजेन अवस्थामा पुग्छ । फ्राजेन अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ ।

त्यसैगरी पोस्टपेड ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम उक्त मोबाइलको क्रेडिट लिमिटभन्दा बढी भएमा सेवा एकतर्फी हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन ।

नब्बे दिनसम्म पनि बाँकी रकम भुक्तानी गरिएन भने दुईतर्फी सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ । ग्राहकको सिम खारेजी अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र ५ सय ६० पुर्नजडान भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सक्नेछन् ।

विदेश जाँदा सँगै लगेको प्रिपेड तथा पोस्टपेड सिममा अनलाइन भुक्तानी सेवा प्रदायक आदिमार्फत विदेशबाटै टपअप गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिने कम्पनीले जनाएको छ ।