Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गुगल क्रोममा थपिँदै छ यस्तो अचम्म लाग्दो नयाँ फिचर!

गुगल क्रोममा थपिँदै छ यस्तो अचम्म लाग्दो नयाँ फिचर!

काठमाडौं – पछिल्लो समय लोकप्रियता कमाएको गुगल सर्च इन्जिन क्रोमको नयाँ फिचरमाथि काम थालिएको छ । यो नयाँ फिचरले प्रयोगकर्तालाई फेक (फर्जी) फाराम भर्नबाट रोक्न सक्नेछ ।

गुगलमा नयाँ थपिने फिचरले फर्जी फाराम पहिल्याउनेछ र प्रयोगकर्तालाई त्यस्ता फाराम भर्नबाट रोक्नेछ ।

ह्याकरहरले नक्कली फाराम बनाइ प्रयोगकर्ताको युजरेनम र पासवर्ड पत्ता लगाउने गर्छन् । अब यस्ता खालका क्रियाकलाप पनि कम हुने अनुमान गरिएको छ ।

क्रोमको यो नयाँ फिचरले ‘फिसिङ एट्याक’बाट जोगाउने लक्ष्य लिइएको छ ।

यो फिचरलाई लागु गर्न या बन्द गर्न सकिने व्यवस्था मिलाइनेछ । फिचर प्रयोग गर्न चाहेमा इनेबल गर्नुपर्नेछ ।

गुगलले लामो समयदेखि प्रयोगकर्ताको सुरक्षालाई ध्यान दिएर यस्ता टुल निर्माण गरिरहेको छ । क्रोमको यो नयाँ फिचर अक्टोबरसम्म लञ्च गरिने जनाइएको छ ।