Shares
Shares
चौथो अंगको धर्म नागरिकलाई सत्यतथ्य समाचार पस्केर सुशुचित पर्नु हो ।आज हामी कोभीड १९ को कहरले बिश्वका सरकार र नागरिक त आक्रान्त छन् नै तर लोक कल्याणकारी राज्यले आफ्ना नागरिक लाई बचाउन हर सम्भव प्रयास गरेका छन् ।कैयों मुलुकले यो वा त्यो नभनि निरन्तर रुपमा आफ्ना नागरिकलाई बच्न पुग्ने गरि चुलो बाल्ने काम निरन्तर गरेका छन् तर हाम्रो देश नेपालमा दल नजिककालाई लकडाउनको सुरुमा एक/दुई डाडु तेल, नुन दुइ चार किलो चामल नागरकता हरेर दुई तिन\पटक दिए ।अरबको हिसाब देखाए तर दुर्भाग्य नागरिकको भोक जहाँको तहीँ छ ।आहिले नागरिक रोगले भन्दा भोके ले मर्न लागेका छन।कैयों निर्दोष नागरिक भोक मेट्ने कुनै उपाय नभएर आत्महत्या गरेर प्राण त्याग गरेका समाचार विभिन्न संचार मध्यमबाट आइरहेका छन् ।
यी समाचारले आम नागरिकको मन पग्लेको छ ,पोलेको छ । निभेको चुलो बाल्ने अभियान अन्तर्गत एभिन्युज टेलिभिजनका कार्याक्रम संचालक सुशील पाण्डेको टिमले सहयोगी हात मार्फत लाखौ चुलो निभेकाको चुलो बाल्ने,जिवन दायी औषधिको अभावमा मर्न लागेका लाई औषधि पुर्याएर बचाई रहेका छन्। एबिसी इन्द्रेणीका संचालक कृष्ण कडेलले हजारौंलाई सहयोग पुर्याए। यस्तै भाग्य न्यौपाने लगाएत नागरिकको घर दैलोमा पुगेर सहयोग पुर्याई रहेका छन।तिन करोड नेपालीनै पिडित भएकोमा केहि लाख नागरिको समस्या त यस्ता समाजसेवि हातले सहयोग पुर्याए।यो कर्म पनि राज्यको दृष्टिमा आतंककारी चन्दा माग्ने मानेको छ।कैयों सयोगी हातहरु सरकारबाट अपमानित भएका छन् ।काठमाडौँ उपत्यकामा चाहिँ सुशील पाण्डेको आग्रहमा भ्याली डीआईजी श्री बिश्वराज पोखरेलको नेत्रीत्वले सहयोग गरेर समाधान भएको छ।
नागरिकले आफ्नो माग राख्ने सरकार सामु हो।सरकार !हामी रोगले भन्दा भोकले मर्न लग्यों हाम्रा गरीखाने साधन बिग्रिए,ऋणको भार बढ्यो भनेर ट्याकसी मजदुर ,व्यवसायी यातात्तात व्यवसायीले भद्रमाग राखिरहेका छन् तर तिनै भोका नाङ्गाको करले जुका जहीं मोटाएका आवधिक सरकार र स्थायी सरकार चिर निन्द्रामा छ ।तिनको आवज सुनेको अवस्था छैन ।
२०७७ साल असार २३ गते बेलुका प्राइम टेलिभिजनका संचालक ऋषी धमलाले २ जना रिक्सा मजदुरका प्रतिनिधि संगको कुराकानीमा त्यसका अधय्क्ष कृष्ण बाहादुर बि.क जो ३० ३५ बर्षका अध् बैसे पुरुष केहि दीन अघि देखि भोकै भएको अनुमान गर्न सकिन्थ्यो । उनका मजदुर साथी र परिवार भोकले मर्न लागेको धारणा व्यक्त गरीरहदा बारमबर तिनको गला अवरुद्ध हुन्थ्यो ।यो कार्यक्रम हेर्ने जो कोहिको मुटु भएको मानिसलाई पोल्थ्यो तर नागरिकको कर खानेको मन छोएनहोला ।यी त प्रतिनिधि घटना मात्र हो ।उता सत्ताधारी दल भने ती भोका पेट कसरी भर्ने आफैले लखेको संबिधानको धारा ३३ रोजगारीको हक,धारा ३४ श्रम को हक,धारा ३५ स्वास्थ्य सम्बन्धि हक,धारा ३६ खाध्य सम्बन्धि हक,धारा ३७ आवाशको हक,धारा ४३ सामाजिक सुरक्षा र धारा ४४ उपभोक्ताको हक के संविधानको पानामा लेख्नका लागि मात्र लेखिएको हो ? यस्तै अवस्था अझ लम्भिदै जाने हो भने धेरै नागरिक जीवित रहेने छैनन।नागरिक नै भएनन् भने कसका लागि राजनीति गर्लान ? गम्भीर प्रश्न उठेको छ ।
मुलुक कता तिर लादै छन्?देशमा साह्रा क्षेत्र ठप्प छ आर्थिक क्रियाकलाप अबरुद् छ राज्यमा भएको सीमित स्रोत र साधनका साथै गरिबीको नाङ्गो रुप देखाएर लिएको ऋण रकम तिन तहको ७६१ सरकारको भरण पोषणमा ठिक भएको छ।
यो अवस्थामा पनि आफ्नो हात जगन्नाथ भने झैँ आफ्नो सुविधा दिल खोलेर बढाउने गरेका छन् सायद विश्वमा नमुनाको मुलुक होला हाम्रो ,अर्को तिर रोग ले भन्दा भोकले मर्न लाग्यौ भनेर रिक्सा चालक कृष्ण बहादुर बि .क प्राइम टिभीमा रोइ रहदा नेपालका प्राणहिन नेताहरु राजिनामा माग्ने राजनीमा नदिने रस्सा कस्सिमा समय बिताई रहेकाथिए भने अर्को वर्ग यो सङ्कटको घडीमा चाइनाका राजदुत संग जोड घटाउ गर्दैथिए। कोहि Raw का नेपालमा राजनैतिक माछा मार्न आएका टोलिसंग दाम थापिरहेका थिए कोही भने MCC पारित गराउछौ भनेर पेश्की बुझ्दै थिए ,उता स्थाई सरकारका प्रमुख लगाएतका मान्छे भने असारे बिकाशे ठेकेदार इन्जिनिएर लेखापालहरुबाट कमिसन उठाई रहेका थिए |
अत; यस्तो चुनौती पूर्ण अवस्था कोभिड १९ संक्रमण बढी रहेको, सबै क्षेत्र ठप्पभएको अवस्थामा यसबाट पार पाउन सरकार गठन विघटन आफ्नो दल गुट उपगुट को भरण पोषणमा मात्र ध्यान दिनु भन्दा आवश्यक समाधानका उपाय अपनाएर सबै क्षेत्र चलाउन पर्दछ ।जिविनमरणको दोशाधामा नागरिकको निभेको चुलो बाल्नको लागि कुराले होइन कामले सरकारले प्रत्यक नागरिकलाई सहयोग गर्नुपर्छ ।यो सहयोग गर्नको लागि स्रोतको खाचो छ त्यो खाँचो पूर्ति गर्नको लागि तीन तहका ७६१ सरकारका राजनैतिक पद धारण गर्ने सबैले अवैतनिक काम गर्नुपर्छ ।अहिले उच्च जिवन स्थर बिताउन करोडौको गाडी किन्ने होडनै चलेको छ त्यो बन्द हुन पर्दछ। अहिले खरिद गरिएका गाडी सबै बिक्री गरेर बसमा यात्रा गराउनपर्छ यसले इन्धन,मर्मत ड्राइभर आदिको पचासौं अरब बचत हुन्छ ।आब तनाहा निप्छरो,भ्रस्टले राजनीत गर्नेको दीन सकिनुपर्छ ।राजनीति समाज सेवा हो मन बचन कर्मले अवैतनिक काम गर्न सक्ने स्वयम सेवकको खाँचो छ। आफ्नो हात जग्गनाथ भने झैँ आहिले राज्यको उपल्लो स्थानमा बसेकाले भैपरी लगायत असमित बजेट खर्च गर्ने परम्पराको अन्त्य हुनुपर्छ ।यसो हुदा मात्र नेपालको संबिधानमा लेखिएका नागरिकका मौलिक हकहरु कार्यन्वयन हुन सक्छन् ।यस सम्बन्धमा आम नागरिकलाई बोधनै होला, सम्मानित सर्वोच्च अदालत तथा राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई दिएको आदेश रद्दीको टोकरीमा फ्याकिएको अवस्था छ ।यो रद्दीको तोकरिबाट झिक्नको लागि आब विभिन्न व्यवासायी ,आम नागरिकले बोकेका दलीय झन्डा फ्याकेर नेपालको झन्डा बोक्नुपर्छ ।हाम्रो साझा सत्रु भ्रष्टचारी ,विदेशी गुप्तचरको रकममा रजाइ गर्ने देशहित विपरित कामगर्ने देश द्रोहीहरुलाई कारवाहीको दायरामा ल्याइनुपर्दछ, त्यो तागत नागरिकमा मात्र छ तेस्को लागि एकताबद्ध भएर सार्बजनिक पद धारण गर्ने संग हिसाब खोज्नु आजको आवश्यकता हो । एकताबद्ध भएर हिसाब खोजियो भने कम गर्न नपाएर छटपटाइरहेका भोकले मर्न लागेका कृष्णबहादुरहरु जस्ता कर्म शिलहरु आत्महत्या गर्ने र रुने दीनको अन्त्य हुनेछ ।
गङ्गा शर्मा
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209