Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

"अजम्बरी माया" पछी राजु थापाको जिवनमा "हावा चल्यो तिब्रगतिमा" (भिडियो सहित)

"अजम्बरी माया" पछी राजु थापाको जिवनमा "हावा चल्यो तिब्रगतिमा" (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि बिगत केहि समय यता यस क्षेत्रमा क्रियासिल राजु थापाले आफ्नो कलाकारिता यात्रा "अजम्बरी माया" बोलको गीतबाट शुभारम्भ गरेका हुन् ।

उनले आफ्नो कलाकारिता यात्रा गायन विधाबाट गरेका थिए भने अहिले मोडलिंग विधामा पनि देखिन थालेका छन् । कलाकार राजु द्वारा अभिनित गीत सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति "हावा चल्यो तिब्रगतिमा" बोलको रहेको छ ।

कलाकार राजुको साथमा यस गीतको म्युजिक भिडियोमा बिमला गुरुङ्गको पनि निकै मन छुने अभिनय देख्न सकिन्छ ।

सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति "हावा चल्यो तिब्रगतिमा" बोलको गीतमा म्राट शहानी र नविना शहानीको नै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना प्रतिभावान कलाकार सम्राट शहानीले तयार पारेका हुन् ।

कसैको सुन्दरताले मोहित बनाए पछी उ संग टाढा रहेर जिबन बिताउन निकै कष्टकर भएको भाव समाबेस गरिएको गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् राजु थापाले नै गरेका छन् । त्यसैले पनि राजुलाई बहुप्रतिभावान कलाकारको रुपमा चिनिन थालिएको छ ।

भिडियोलाई छायांकन राम के.सी ले गरेका हुन् भने सम्पादन जोहन राइले गरेका छन् ।

https://www.youtube.com/watch?v=dNLIciUkKIY&fbclid=IwAR2T4Ot2s3Kb6bTc9xv5EDi7NJ8iYXh95hYJ3O3vzaG2Xkc4aa_GZPvVd04