Shares
Shares
बहिष्कार एकदमै प्रभावकारी हुने अनुभव फेसबुकले गरिरहेको छ।अठारौँ शताब्दीको अन्त्यमा दासता उन्मूलनवादी आन्दोलन चलेको बेला ब्रिटिश नागरिकलाई दासले उत्पादन गरेका सामानहरू खरिद नगर्न प्रोत्साहन गरिएको थियो।
लगभग तीन लाख मानिसले चिनी किन्न छाडेपछि दासत्व उन्मूलनका लागि दबाव परेको थियो।पछिल्लो पटक 'नाफाका लागि घृणा फैलाउन रोक' अभियानको रूपमा बहिष्कारलाई माध्यम बनाएर नयाँ आन्दोलन चलिरहेको छ।
यो अभियानले फेसबुकले जतिवादी र घृणायुक्त सामग्रीहरू हटाउन पर्याप्त कदम नचालेको दाबी गरेको छ।बहिष्कार एकदमै प्रभावकारी हुने अनुभव फेसबुकले गरिरहेको छ।
अठारौँ शताब्दीको अन्त्यमा दासता उन्मूलनवादी आन्दोलन चलेको बेला ब्रिटिश नागरिकलाई दासले उत्पादन गरेका सामानहरू खरिद नगर्न प्रोत्साहन गरिएको थियो।
लगभग तीन लाख मानिसले चिनी किन्न छाडेपछि दासत्व उन्मूलनका लागि दबाव परेको थियो।
पछिल्लो पटक 'नाफाका लागि घृणा फैलाउन रोक' अभियानको रूपमा बहिष्कारलाई माध्यम बनाएर नयाँ आन्दोलन चलिरहेको छ।यो अभियानले फेसबुकले जतिवादी र घृणायुक्त सामग्रीहरू हटाउन पर्याप्त कदम नचालेको दाबी गरेको छ।
विश्वासको कमी
पछिल्लो बहिष्कारले फेसबुकलाई क्षति पुर्याउने देखिन्छ किनभने फेसबुकको अधिकांश आम्दानी विज्ञापनबाटै हुने गर्छ।एभिभा इन्भेस्टर्सका डेभिड कम्मिङ्सले बीबीसीको टूडे कार्यक्रमलाई विश्वासको सङ्कट र नैतिक संहिता नभएको ठानिएका कारण फेसबुकको व्यापारलाई समाप्त गर्न सक्ने बताए।केही साता अगाडि फेसबुकको सेयर मूल्य आठ प्रतिशतले खस्केको थियो जसले सैद्धान्तिक रूपमा उक्त कम्पनीका प्रमुख कार्यकारी मार्क जकरबर्गलाई छ अर्ब पाउन्ड नोक्सान भएको भन्न सकिन्छ।
तर यो नै फेसबुकको लागि दीर्घकालीन रूपमा अस्तित्वको सङ्कट सृजना गराउने विषय बन्न सक्छ कि सक्दैन भन्ने अस्पष्ट छ।यो समाजिक सञ्जालविरुद्ध गरिएको पहिलो बहिष्कार होइन। घृणा फैलाउने भिडिओका बीचमा विज्ञापन राखिएपछि सन् २०१७ मा प्रमुख ब्रान्डहरूले यूट्युबलाई विज्ञापन नदिने घोषणा गरेका थिए।
त्यसपछि यूट्युबले आफ्नो विज्ञापन नीतिमा परिमार्जन गर्यो र त्यसको तीन वर्षपछि उसले राम्रै गरिरहेको छ।
क्षति नगर्न सक्छ
अहिलेको बहिष्कारले पनि फेसबुकलाई सोचे जस्तो क्षति नगर्न सक्छ।बहिष्कार गर्ने धेरैले जुलाई एक महिनाका लागि मात्रै त्यस्तो गर्ने बताएका छन्।फेसबुकको अधिकांश विज्ञापन साना र मध्मम व्यवसायबाट आउने गरेको छ।
सीएनएनले अघिल्लो वर्ष जनाए अनुसार १०० वटा ब्रान्डले फेसबुकमा अघिल्लो वर्ष ४.२ अर्ब डलर बराबरको विज्ञापन दिएका थिए जुन फेसबुकको विज्ञापन आम्दानीको छ प्रतिशत मात्रै हो।अहिलेसम्म मध्यम कम्पनीहरू बहिष्कार अभियानमा जोडिएका छैनन्।एउटा विज्ञापन एजेन्सी डिजिटल ह्वीस्कीका प्रमुख रणनीतिकार म्याट मोरिसनले विज्ञापन नगर्ने निर्णय लिन नसक्ने साना व्यवसायीहरू एकदमै ठूलो सङ्ख्यामा रहेको बताए।
टेलिभिजनभन्दा सस्तो र चाहेको मानिसलाई केन्द्रित गरेर विज्ञापन गर्न सकिने भएकाले त्यस्ता व्यवसायका लागि फेसबुक अत्यावश्यक भएको उनको भनाइ छ।फेसबुकले घृणा फैलाउने सामग्रीलाई ट्याग गर्न आफूले थालेको र यससम्बन्धी थप कदमहरूको घोषणा गर्ने बताएको छ।यो वर्ष सबै समाजिक सञ्जालका लागि कठिन वर्ष हुने ठानिएको छ।
फेसबुक पनि त्यसबाट अलग रहने छैन। तर कम्पनीहरू सधैँ आफ्ना नाफाघाटालाई हेरेर निर्णय लिने गर्छन्।यदी शरद ऋतुसम्म पनि यो बहिष्कार कायम रह्यो र अझ बढी कम्पनीले पछिल्लो अभियानमा साथ दिए भने यो फेसबुकका लागि निर्णायक वर्ष हुनेछ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209