Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ज्ञानेन्द्र शाहीमाथि आक्रमण, अवस्था गम्भीर

ज्ञानेन्द्र शाहीमाथि आक्रमण, अवस्था गम्भीर

काठमाडौँ– ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ।

आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्रष्टाचार विरोधी कार्यक्रमको आयोजना गरेको थियो।

सोही कार्यक्रममा सहभागि हुन गएका शाही चढेको गाडिमाथि पूर्वमाओवादी निकट वाईसीएलले शाहीलाई निर्घात कुटपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।

वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आक्रमणबाट अन्य पाँच जनासमेत घाइते भएको बताए।

घाइते हुनेमा बाबुराम र प्रचण्डलाई हेग पुर्‍याउने चेतावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्याति हमाललगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए।

घाइते विष्ट काठमाडौँ फर्किएका छन् भने अन्य घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने बताइएकाे छ। ज्ञानेन्द्र शाहीमाथि यसअघि पनि अक्रामण भएको थियो।

शाहीलाई नेकपाको युवा संगठनले चितवन प्रवेशमा रोक लागाएको थियो। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन्।