Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फेसबुकले मेसेन्जरमा यस्तो अचम्मको नयाँ फिचर ल्याउँदै (पढ्नुहोस्)

फेसबुकले मेसेन्जरमा यस्तो अचम्मको नयाँ फिचर ल्याउँदै (पढ्नुहोस्)

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो मेसेन्जर एपका लागि नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचरका कारण मेसेन्जर एप थप सुरक्षित बन्नेछ ।

Engadget काे रिपोर्ट अनुसार उक्त नयाँ फिचर अन्तरगत मेसेन्जरमा एपमा बायोमेट्रिक अथेन्टिकेसन टूल प्राप्त हुनेछ । प्रयोगकर्ताले फेस आईडी तथा फिंगरप्रिन्टका माध्यमबाट त्यसको प्रयोग गर्न सक्नेछन् । स्मरणरहोस्, यो फिचर पहिलेदेखि नै ह्वाट्सएपमा उपलब्ध रहेको छ ।

यो फिचरका सहायताले प्रयोगकर्ताले एपमा ‘लक’को समयतालिका समेत तय गर्न सक्दछन् । जसका लागि ४ वटा अप्सन हुनेछन् । पहिलो विकल्पका रुपमा After I leave messenger रहेको छ । अर्थात् जब प्रयोगकर्ता मेसेन्जर एपबाट बाहिरिन्छन् तब एप आफै लक हुनेछ । यसका अलावा प्रयोगकर्ताका लागि १ मिनेट, १५ मिनेट तथा १ घण्टामा एप लक हुने विकल्प पनि उपलब्ध हुनेछ ।

फेसबुकका एकजना प्रवक्ताका अनुसार मेसेन्जरको उक्त नयाँ फिचर अहिले परीक्षणको चरण्मा रहेको छ र कतिपय आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । छिटै नै केही एन्ड्रोइड प्रयोगकर्ताले पनि यो फिचर प्रयोग गर्न पाउनेछन् ।

फेसबुकले पछिल्लो समय आफ्ना प्लाटर्फमहरुमा नयाँ नयाँ फिचर थप गरिरहेको छ । हालैमात्र उसले प्रयोगकर्तालाई साइबर ठगीबाट बचाउनका लागि सेफ्टी नोटिस फिचर ल्याएको थियो । यो फिचरको मद्दतले प्रयोगकर्ताले कुनै पनि शंकास्पद गतिविधिको चेतावनीमूलक सूचना प्राप्त गर्दछन् । साथै यो फिचरले प्रायेगकर्तालाई स्क्याम पहिचान गर्ने सम्बन्धमा समेत जानकारी उपलब्ध गराउँदछ। एजेन्सी