Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोना संक्रमित जाच्ने यस्तो रोबोट टाकु अस्पतालमा

कोरोना संक्रमित जाच्ने यस्तो रोबोट टाकु अस्पतालमा

काठमाडौं : कोरोनाका बिरामीहरूको अवस्था निरीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई रोबर्ट हस्तान्तरण गरिएको छ। रोबोटिक्स एसोसिएसनले टेकु अस्पतालका लागि ७ वटा रोबर्ट वितरण गरेको हो।

यसमा दुईवटा क्यामेरा जडित छन् जसको माध्यमबाट बिरामीको अवस्था निरीक्षण गर्न सहज हुनेछ। यसमा फोहोर व्यवस्थापनका लागि डस्टबिन पनि राखिएको छ। यसमा जडित ट्याबलेटले बिरामीहरुको स्वास्थ अवस्था थाहा पाउन सकिन्छ।

यस रोबर्टमा अटोमेटिक सेनिटाइजर मेसिन जडान गरिएको छ। कोभिड १९ को संक्रमणको बेलामा स्वास्थकर्मी बढी जोखिममा हुने हुनाले स्वास्थकर्मीको सुरक्षाका लागि उक्त रोबर्ट निर्माण तथा वितरण गरिएको हो।

साभार;थाहा खबर