Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोना खोप विकासमा चीनलाई पनि ठुलो सफलता,क्लिनिकल अध्ययन पुरा हुनु कोविड १९ विरुद्धको लडाइमा हासिल गर्यो अर्को महत्वपुर्ण उपलब्धी

कोरोना खोप विकासमा चीनलाई पनि ठुलो सफलता,क्लिनिकल अध्ययन पुरा हुनु कोविड १९ विरुद्धको लडाइमा हासिल गर्यो अर्को महत्वपुर्ण उपलब्धी

कोरोना भाइरसको खोप विकासमा लागेको चिनियाँ कम्पनी सिनोवेक कायोटेकले उसको खोप कोरोनाभ्याकको पहिलो र दास्रो चरणको क्लिनिकल परीक्षणको नतिजा सकारात्मक आएको जनाएको छ । वुहान इन्स्टिच्युट र वेइजिंग इन्स्टिच्युट फरक फरक खोपको उत्पादनका लागि प्लान्टको विस्तार गरिरहेका छन् ।

खोप विकसित गर्ने क्रममा पहिलो र दास्रो क्लिनिकल परीक्षणको सकारात्मक प्रारम्भिक परिणामको घोषणा गर्दै बेइजिंग स्थित उक्त कम्पनीले रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्ने दावी गरेको छ । यो खोपको परीक्षणका लागि १८ देखि ५९ उमेर वर्गका कुल ७ सय ४३ स्वस्थ स्वयंसेवकलाई चयन गरिएको थियो ।

विज्ञप्तीमा ती मध्य १ सय ४३ जना पहिलो चरणमा र ६ जना दोस्रो चरणमा सहभागी भएको उल्लेख गरिएको छ । परीक्षणमा सहभागीहरुलाई दुई खोप दिइएको थियो र १४ दिनसम्मको निगरानीमा उनीहरुमा यसको कुनै दुष्प्रभाव नदेखिएको कम्पनीले बताएको छ । दास्रो चरणको अध्ययन रिपोर्ट र तेस्रो चरणको क्लिनिकल अध्ययन प्रोटोकल चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनलाई चाँदै सुम्पने अपेक्षा कम्पनीले गरेको छ ।

सिनोवेकका अध्यक्ष तथा सीईओ वेइदोंग यिनले पहिलो र दोस्रो चरणको अध्ययनले कोरोनाभ्याक सुरक्षित रहेको र यसले प्रतिरोधात्मक क्षमता बढाउन सक्ने नतिजा दिएको बताए । क्लिनिकल अध्ययन पुरा हुनु कोविड १९ विरुद्धको लडाइमा हासिल गरेको अर्को महत्वपुर्ण उपलब्धी भएको बताइएको छ ।