Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोना बिरामीको ज्यान जोगाउने भनिएको औषधि नेपालमा सहजै रुपमा पाइने,हेर्नुहोस

कोरोना बिरामीको ज्यान जोगाउने भनिएको औषधि नेपालमा सहजै रुपमा पाइने,हेर्नुहोस

कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको भनी बेलायती अनुसन्धानकर्ताहरूले दाबीगरेको'डेक्सामिथासोन स्टेरोयड' नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध छ।यो औषधि नेपालमा पनि दम लगायत हातखुट्टा सुन्निने रोगका बिरामीमा प्रयोग हुँदै आएको टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोला बताउँछन्।

यो औषधिको प्रभावकारिता थप पुष्टि भए संक्रमितको उपचारमा ठूलो सघाउ पुग्ने उनले बताए। यसमा अन्य देशले पनि अनुसन्धान गरिरहेको भन्दै उनले यसको उपयोगिता अन्य देशको अनुसन्धानमा पनि निर्भर हुने जनाए।'बेलायतले दाबी गरेको औषधिको प्रभावकारिता थप पुष्टि भए यसले नेपालमा पनि भोलि समस्या आइपरे ठूलो सहयोग पुग्नेछ,' उनले भने।

बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने 'डेक्सामिथासोन स्टेरोयड' ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको निधनदर एकतिहाइ घटेको बेलायती अनुसन्धानकर्ताहरूको दाबी छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ।

नेपालमा ६ हजार बढी संक्रमित भए पनि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी फाट्टफुट्ट छन्। अधिकांश संक्रमितहरू लक्षणविहीन र सामान्य अवस्थाका छन्। धेरैलाई त अस्पताल भर्ना पनि गरिएको छैन। उनीहरूलाई आइसोलेसन सेन्टरमा राखिएको छ।

अनुसन्धान क्रममा दुई हजारभन्दा बढी कोरोना संक्रमितलाई 'डेक्सामिथासोन स्टेरोयड' दिइएको थियो भने अन्य चार हजारभन्दा बढीलाई सामान्य उपचार गरिएको थियो। उक्त स्टेरोयड दिँदा केहीलाई खाना र केहीलाई नसाबाट दिइएको थियो।

यसरी उपचार सुरू गरिएको २८ दिनपछि भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको मृत्युदर ३५ प्रतिशत घटेको र अक्सिजन दिनुपर्नेको २० प्रतिशत कम भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। धेरै सिकिस्त नभएका बिरामीमा भने असर नदेखिएको उनीहरूले जानकारी दिए।

प्रमुख अनुसन्धानकर्ता प्राध्यापक मार्टिन ल्यान्ड्रेका अनुसार यो औषधिले भेन्टिलेटरमा उपचार गर्नुपर्ने आठ बिरामीमध्ये एक र अक्सिजन दिनुपर्ने २५ मध्ये एकको निधन कम गरेको पाइएको छ। 'यो उत्साहजनक नतिजा हो,' उनले भने।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको लडाइँमा यसलाई अहिलेसम्मकै ठूलो सफलता भनेका छन्।