Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोना भाइरसविरुद्धको भ्याक्सिन अक्टुबरबाट बजारमा आउन सक्ने अनुमान

कोरोना भाइरसविरुद्धको भ्याक्सिन अक्टुबरबाट बजारमा आउन सक्ने अनुमान

औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पाकस्ताल सोरोइटले अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने दाबी गरेका छन् । यस भ्याक्सिनले झन्डै एक वर्षका लागि रोगबाट रक्षा गर्ने उनले बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेकाले बेलायत सरकारसँग सहकार्य गरिरहेको छ । मानिसमा यस भ्याक्सिनको परीक्षण जारी रहेका बेला एस्ट्रोजोनले विश्वभर २ बिलियन डोज उपलब्ध गराउनेगरी बेलायत सरकारसँग सम्झौता गरिसकेको छ ।

सोरोइटले मंगलबार बेल्जियम रेडियोसँगको कुराकानीमा तेस्रो चरणको ट्रायल सुरु भइसकेको जानकारी दिएका हुन् । प्रायः तेस्रो चरणको ट्रायल क्लिनिकल विकासको अन्तिम चरण हुनेगर्छ र यसक्रममा सुरक्षा र प्रभावकारिता जाँच्नका लागि हजारौं मानिसलाई भ्याक्सिन दिइन्छ ।

यस भ्याक्सिनले उपलब्ध गराउने सम्भावित सुरक्षाबारे सोरियोटले भनेका छन्, ‘मलाई लाग्छ यसले झन्डै एक वर्षसम्म रक्षा गर्छ । सबै राम्रो भयो भने हामीसँग अगस्ट वा सेप्टेम्बरमा क्लिनिकल ट्रायलको नतिजा हुनेछ । हामी एकसाथ उत्पादन पनि गर्दैछौं । यदि सबै राम्रो भयो भने अक्टुबरबाट हामी बजारमा पु¥याउन तयार हुनेछौं ।’

एजेटडी–१२२२ नाम दिइएको अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन चिम्पान्जीलाई संक्रमित गर्ने रुघाखोकीको कमजोर भर्सनमा आधारित छ । यसमा सार्स–कोभ २ को स्पाइक प्रोटिनको जेनेटिकल मेटेरियल पनि समावेश छ । खोप लगाइसकेपछि मानिसको प्रतिरोधी प्रणाली कोभिड–१९ ले संक्रमण गरेमा यसविरुद्ध लड्न तयार हुनेछ ।

बेलायत सरकारले कोरोना भाइरसकै भ्याक्सिन विकास गरिरहेको लन्डन इपेरियल कलेजलाई पनि ४१ मिलियन पाउन्ड सहयोग गरिसकेको छ ।यस भ्याक्सिनको परीक्षण यसै साता मानिसमा सुरु हुनेछ।

साभार;rato pati