Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजदूत सुवेदीको जनचेतनामूलक ‘कोरोनाको महामारी’ सार्वजनिक

राजदूत सुवेदीको जनचेतनामूलक ‘कोरोनाको महामारी’ सार्वजनिक

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतमा म्यूजिक भिडियो तयार भएको छ ।

राजदूत धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदीको प्रस्तुति रहेको उक्त गीतको रचना राजदूत सुवेदीले गरेका छन् ।

साहित्यिक उपनाम दुबसु क्षेत्रीका रुपमा परिचित सुवेदीका गीत, कविता र गजल गरी झण्डै एक दर्जन बढि साहित्यिक रचना लगायत ‘म जस्तै तिमी पनि’, ‘तिम्रो तस्वीर आँखाभरि’, ‘निर्मम यादहरु’ जस्ता गीत गजल पनि स्वरवद्ध भइसकेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै संगीतको माध्यमबाट जनचेतनामूलक सन्देशको रुपमा म्यूजिक भिडियो तयार गरिएको छ ।

उक्त गीतमा वरिष्ठ गायकहरु रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, रोशन अधिकारी र प्रविशा अधिकारीको स्वर छ ।

वरिष्ठ संगीतकार शिखर सन्तोषको संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको यस म्यूजिक भिडियोमा दीपाश्री निरौला र सरिता लामिछानेको अभिनय छ ।

https://youtu.be/b2WISf7tfeY