Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लामखुट्टेको र्‍यालबाट खोप बनाइदै, बैज्ञानिकहरुको अनुसन्धान अनुसार खतरनाक रोग पनि निको हुने

लामखुट्टेको र्‍यालबाट खोप बनाइदै, बैज्ञानिकहरुको अनुसन्धान अनुसार खतरनाक रोग पनि निको हुने

लामखुट्टे मानव जातिको सबभन्दा ठूलो हत्यारा हो । यसले १०० वटा रोग लगाउने मान्यता छ ।

औलो, डेंगु, चिकनगुन्या, जिका जस्ता खतरनाक रोग लामखुट्टेले टोकेर नै लाग्ने हुन् । यी खतरनाक रोगबाट बच्नका लागि वैज्ञानिकहरूले लामखुट्टेकै र्‍यालबाट खोप बनाउने विषयमा अनुसन्धान गरिरहेका छन् । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी यान्ड इन्फेक्सियस डिजीजकी अनुसन्धाता जेसिका म्यानिङ लामखुट्टेको र्‍यालमा भएको प्रोटीनको उपयोग गरेर खोप बनाउने प्रविधिमा अनुसन्धान गरिरहेकी छन् । यस प्रविधिमार्फत कीराको माध्यमले फैलिने सबै किसिमका रोगका लागि एउटै खोपको निर्माण गर्न सकिन्छ ।

आफ्ना सहयोगीहरूसँग काम गर्दै म्यानिङले यो खोपको परीक्षण मानिसहरूमा गरिरहेकी छन् । द ल्यान्सेटमा प्रकाशित खबरअनुसार, मानिसहरूमा गरिएको परीक्षण सफल पनि भएको छ । परीक्षणमा एनोसफिलीज लामखुट्टेको र्‍यालमा आधारित खोप उपयोग गरिएको हो । मानव शरीरमा एन्टीबडी र सेलुलर प्रतिक्रियालाई ट्रिगर गर्ने क्षमता पाइयो अनि मानिसमा उपयोगका लागि सुरक्षित पाइयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०१७ मा लामखुट्टेबाट फैलिने औलोका कारण चार लाख ३५ हजार मानिसको निधन भएको थियो । तीमध्ये ८० प्रतिशत निधन अफ्रिका र दक्षिण एसियामा भएको थियो ।