Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोना भाइरसलाई लिएर बैज्ञानिकले गरे नयाँ खुलासा !

कोरोना भाइरसलाई लिएर बैज्ञानिकले गरे नयाँ खुलासा !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले विश्वका २१३ वटा देशमा फैलिसकेको छ । हरेक दिन लाखौँको संख्यामा संक्रमित थपिइरहेका छन् भने हजारौँको संख्यामा संक्रमितको निधन भईरहेको छ ।वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिइरहेका छन्, तर कोरोनाको औषधि अहिलेसम्म बनिसकेको छैन ।

कोरोना भाइरसको महामारीलाई लिएर हरेक दिन जसो शोधकर्ताहरुले नयाँ नयाँ अनुसन्धान गरिरहेका छन् । र नयाँ नयाँ दाबी गरिरहेका छन् ।कोरोना भाइरसको विषयलाई लिएर वैज्ञानिहरुले कोरोना महामारी फैलिन थालेको बेला गर्मी नै यसको औषभि भएको र गर्मी ठाउँमा कोरोनाको संक्रमण नपुग्ने बताएका थिए । यो शोध अमेरिकी होमल्याण्ड सेक्युरेटी विभाग (डीएचएस) ले आफ्नो अनुसन्धानबाट पत्ता लगाएको थियो । साथै उसले भनेको थियो कि, धेरै तापक्रममा कोरोना फैलिँदैन र टिक्दैन ।

उनीहरुले धेरै तापक्रमका कारण जून र जुलाईमा कोरोनाको रफ्तार कम हुने बताएका थिए । तर यी सबै कुरालाई पूर्णविराम लगाउँदै कोरोनाले तापक्रम भएको देशमा पनि आफ्नो प्रकोप फैलाईरहेको छ ।पत्रिका जियोग्रफिकल एनालिसिस मा प्रकाशित अध्ययनमा लामो समयसम्म गर्मी हिँडेमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने बताइएको छ ।

म्याकमास्ट यूनिभर्सिटीमा भउको थियो अध्ययन

यो अध्ययन क्यानडाको म्यामास्टर यूनिभर्सिटीको नेतृत्वमा भएको हो । यो अध्ययनमा शोधकर्ताहरुले यस बारेमा धेरै वैज्ञानिक बहसलाई लिएर मौसम बदलीका कारण र गर्मीको मौसममा कोरोना भाइरस फैलिनेबारेमा जानकारी दिएका छन् ।

कडाउनले राख्छ प्रभाव

म्यामास्टर यूनिभर्सिटीका प्रोफेसर र प्रमुख अध्ययन कर्ता अन्तोनियो पाएजले कोरोना भाइरस फैलिन आंशिकरुपमा लकडाउनले प्रभाव पार्ने बताएका छन् ।लकडाउनले मानिसहरुमा कोरोना फैलिन नसकेको र लकडाउन खुलेलगत्तै कोरोनाको महामारी झनै तीव्र गतिले बढ्ने उनले बताए ।उनीहरुले स्पेनको विभिन्न गर्मी तथा जाडो ठाउँमा गएर अध्ययन गरेका थिए ।

जसमा उनीहरुले धेरै गर्मीमा निस्किने मानिसहरुमा कोरोनाको प्कोप फैलिएको पाएका थिए ।उनीहरु गरेको ३० दिनको शोधमा गर्मीमा निस्किएका मानिसमा धेरै कोरोनाको संक्रमण पाइएको थियो ।