कोरोना भाइरसको विषयलाई लिएर चीनले गरेको दाबीलाई लिएर अब वैज्ञानिकहरुले सवाल खडा गरिदिएका छन् ।वैज्ञानिकहरुले रिसर्चमा चीनको वुहानमा गत वर्षको अगस्टमै कोरोना भाइरसको संक्रमण फैलिएको प्रमाण बाहिर ल्याएका छन् । तर चीनले भने डिसेम्बरको अन्तिम सातामा मात्र कोरोनाको बारेमा पत्ता लागेको बताएको छ ।
रिसर्चका अनुसार चीनले डिसेम्बरसम्म कोरोनाको बारेमा विश्वलाई विभिन्न जानकारी छुपाएको छ । जसको परिणाम अहिले सारा विश्वले भोगिरहेको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यै देखि चीनले कोरोना भाइरसमाथिको सत्याता विश्वसामु लुकाएको आरोप लगाउँदै आएका छन् ।त्यस्तै हावर्ड मेडिकल स्कूलको यस रिसर्च पछि चीनको सत्यता बाहिरिएको बताइएको छ ।
वुहानको तस्वीरमा भएको थियो अध्ययन
हावर्ड मेडिकल स्कूलका वैज्ञानिकले कमर्शियल स्याटेलाइट इमेजरीको मद्दतबाट वुहान शहरमा केहि तस्वीरको अध्ययन गरेको थियो ।जसमा वुहान शहरका अस्पताल बाहिर ठूलो संख्यामा मानिसहरुको भीड देखिएको छ । रिसर्चमा सन् २०१९ को अगस्ट महिनामा तस्वीर खिचिएको थियो ।
रिसर्चका अनुसार, यस किसिमको भीड संक्रमणको बेलाकै रहेको बताइएको छ । वैज्ञानिकको दाबी छ कि, चीनमा कोभिड १९ले धेरै पहिला नै आफ्नो प्कोप फैलाएको थियो ।
तस्वीरमा देखियो वास्तविकता
डाक्टर जोन ब्राउनस्टेनको नेतृत्वमा भएको रिसर्चमा अगस्ट सन् २०१९ मा चीनको वुहानको स्याटेलाइट तस्वीर भाइरसको उत्पत्ति रिसर्च गर्नमा महत्वपूर्ण भूमिका निभाएको छ ।
उनले भने, कोरोना भाइरसको उत्पत्ति अगस्टमा भएको बताइएको छ । सोही कारण नै वुहानको अस्पतालमा भीड लागेको बताइएको छ ।
चीनको दाबीमा प्रश्नचिन्ह ?
यस रिसर्चपछि चीनले कोरोना भाइरसको विषयलाई लिएर गरेको सबै दाबीमाथि प्रश्नचिन्ह खडा भएको छ ।