काठमाडौं - अभिनेत्री मनिषा कोइरालाले नेपालको सर्मथनमा दिएको अभिब्यक्तिको अहिले निकै चर्चा भइरहेको छ । आफ्नो जन्मभूमिको सर्मथनमा मनिषाले दिएको निडर अभिब्यक्तिको नेपालमा सबैले तारिफ गरिरहेका छन् ।
आफ्नो जन्मभूमिको सर्मथनमा जायज अभिब्यक्ति दिएर लोकप्रिय बनिरहेका उनी अब नेपाल आउने तयारीमा रहेको जनाइएको छ । मुम्बइृमा रहेकी उनी बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै स्वदेश फर्किन लागेकी हुन् ।
नेपालले लिम्पुयाधिरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गरेपछि उनले दिएको अभिव्यक्तिलाई लिएर भारतिय मिडियाहरुमा विभिन्न आलोचना भएको थियो । उनले ट्विटमा सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतीय मिडियाले उनीमाथि तुच्छ गालीगलौज गरेका थिए ।